बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जागिर अन्सारी लागुऔषधसहित पक्राउ

सोमबार, १३ फागुन २०७५, २० : ३९
सोमबार, १३ फागुन २०७५

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित आज प्रहरीले पक्राउ गरेको छ । 

डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा आज बिहान उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

नागढुङ्गाबाटै बुटवल उपमहानगरपालिका–१२ का २५ वर्षीय किसन छन्त्याललाई नियन्त्रित लागुऔषध नाईट्राभेट १७ ट्याब्लेट, डाईजेपाम चार एम्पुल, फेनारगन चार एम्पुल, नोर्फिन चार एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको जनाएको छ । 

लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यता काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङस्थित सडक नजिक ढलमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४० वर्षीय रवीन्द्र श्रेष्ठ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप