बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्जुनको सारथी कृष्णको साटो बुद्ध हुन्थे भने अर्जुनलाई दिइने उपदेश कस्तो हुन्थ्यो होला ?

सोमबार, १३ फागुन २०७५, १५ : ०७
सोमबार, १३ फागुन २०७५

-अमर मल्लिक

प्रसिद्ध भारतीय इतिहासकार रोमिला थापर भारतको जवाहरलाल नेहरू विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हुन् । जेएनयूका प्राध्यापक रणवीर चक्रवर्तीले अङ्ग्रेजी पाक्षिक पत्रिका फ्रन्टलाइनका लागि उनीसँग लिएको लामो साक्षात्कारलाई नरेश ज्ञवालीले केहीअघि अनुवाद गरी रातोपाटीमा प्रकाशित गरेका थिए ।

उक्त अन्तरवार्तामा ‘अर्ली इन्डिया’ पुस्तकमा महाभारत युुद्धमाथि टिप्पणी गर्दै यदि अर्जुनको सारथी कृष्णको सट्टा बुद्ध हुन्थे भने अर्जुनलाई दिइने उपदेश त्यस्तो नभएर अरू नै केही हुन्थ्यो, होला भनी प्रो थापरले भनेकी छिन् । अन्तरवार्ताको सङ्क्षिप्त अंश :

१. प्राचीन भारतको इतिहास इन्डोलोजी (संस्कृत र हिन्दू धर्म) को माध्यमबाट पढाइने गरिन्थ्यो । एउटा कोणबाट हेर्दा प्राचीन भारतको इतिहास भनेको हिन्दू इतिहास मात्रै थियो ।

२. वास्तवमा भागवत गीता उत्तर–मौर्यकालीन टेक्स्ट हो । यति बेलासम्म बौद्ध र जैन श्रमण परम्परा स्थापित भैसकेको थियो ।

३. धर्मको अवधारणालाई परिभाषित गर्न दुईवटा धार थिए । ब्राह्मणवादी र श्रमण परम्परा । यो द्वैधता इसाको पहिलो सहस्राब्दीमा पनि कायम रह्यो । वैयाकरण पातञ्जलिले यिनको बीचको सम्बन्धलाई सर्प र नेउलासँग तुलना गरेका थिए । भत्रुको अर्थ यी दुवैको सम्बन्ध सङ्घर्षमय थियो ।

४. युद्धअघि अर्जुन द्विविधामा थिए । उनको मनमा उब्जिएको अन्तरद्वन्द्वका कारणले कृष्णलाई भागवत गीताको उपदेश दिनुपर्ने अवस्था आयो होला । अर्जुनको सारथी बनेर पनि कृष्णले युद्ध रोक्न कुनै प्रयास गरेनन्, बरु क्षत्रीय धर्मको पालन गर्नुपर्छ भन्दै युद्ध गर्नका लागि अर्जुनलाई गीताको उपदेश दिए ।

५. त्यसैले कृष्णको ठाउँमा बुद्ध भैदिएको भए बुद्धले युद्ध रोक्न हरसम्भव प्रयास गर्ने थिए । कुराकानीको विभित्र चरणले गर्दा सायद युद्ध थामिन पनि सक्थ्यो ।

६. मलाई महाभारत युद्धको आरम्भ र अन्त्य दुवैमा के कुरा रोचक लाग्छ भने दुवै ठाउँमा एउटा त्यस्तो वृत्तान्त आउँछ जहाँ युद्धको वैधतामाथि प्रश्न उठाउने गरिन्छ । हामीले यसलाई गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । के गीताले शान्ति र अहिंसाको सन्देश दिन्छ ? अथवा यसले कुनै विशेष परिस्थितिहरूमा हिंसालाई नदेखे झैँ गर्छ ?

स्वामी आनन्द अरुणले ‘अन्तर्यात्रा’ पुस्तकमा कृष्णजीको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका छन् । गीताका श्रीकृष्ण परम विद्वान, ज्ञानवान, गम्भीर छन् भने भागवतका श्रीकृष्ण एकदमै चञ्चल, गैरगम्भीर र अति रसिक छन् । भगवत गीतामै कृष्णको अनेक व्यक्तित्व देखिन्छ । महाभारतमा श्रीकृष्ण एक सच्चा मित्र, एक परम योगी, कुशाग्र विश्लेषक, प्रखर कर्मयोगी, सर्वत्यागी परिव्राजक, ज्ञानीजस्ता अनेक गुण सम्पत्र व्यक्तित्वका रूपमा देखा पर्छन् । कहिले उनी शान्ति दूतका रूपमा देखा पर्छन् भने कहीँ युद्धका परम पक्षपातीका रूपमा । उनको व्यक्तित्व परस्परविरोधी आयामहरूले भरिएको भए पनि त्यहीबीचमा पनि एक समन्वयको सङ्गीत छ । जुन कृष्ण बाँसुरी बजाएर नाच्छन् त्यही कृष्ण सुदर्शन चक्रले संहार गर्छन् । जो कृष्ण बृजवालाहरूका दहीका घैंटा फोडी रमाउँछन्, जमुनामा स्नान गरिरहेका युवतीका वस्त्र चोरेर नग्न पारी उनीहरूलाई जिस्क्याउँछन्, त्यही कृष्ण युद्ध मैदानमा गीताजस्तो गहन, गम्भीर उद्घोष गर्छन् ।

यस्ता विरोधी स्वरहरूको समन्वय क्राइस्टमा, बुद्धमा, महावीरमा, मोहम्मदमा, राममा कसैमा भेट्न सकिँदैन । कृष्णले जति कवि, कलाकार, लेखक, योगी, ज्ञानी, भक्तलाई आकर्षित गरेका छन्, त्यति अन्य कसैले गर्न सकेका छैनन् । त्यसकारण हिन्दूहरूले श्री कृष्णबाहेक अरू कुनै अवतारलाई पूर्ण मान्दैनन् ।

कृष्णको अर्को विशेषता के हो भने ५ हजार वर्षपूर्व जन्मिएर पनि उनले भविष्योन्मुखी शिक्षण गरे । आउने दिनमा धर्मले बाँच्नु छ भने साम्प्रदायिक सङ्कीर्णताबाट मुक्त हुनैपर्छ । अब दमनवादी दर्शन धेरै दिन बाँच्दैन । दमनले विक्षिप्तता र कुरूपता मात्रै पैदा गर्छ । भारतका सबै धर्म जीवननिषेधित छन् तर कृष्णको हकमा भने यो कुरा सरासर गलत हो ।

गान्धी गीतालाई माता भनी पूज्छन् । तर युद्धभूमिका कृष्ण उनलाई स्वीकार्य छैन । सुरदास बालकृष्णको गुणगान गर्छन्, युवा तर प्रेमी कृष्ण उनलाई पच्दैन । तिलक कर्मयोगी कृष्णलाई मात्र मान्छन् । जयदेवलाई प्रेमी र रसिक कृष्ण मात्र स्वीकार्य छन् वैराग्यका प्रतीक कृष्ण उनलाई मान्य छैनन् । त्यस्तै स्वामी प्रभुपाद गीतालाई भक्तिशास्त्रका रूपमा मात्र चित्रण गर्छन्, सांख्यका कृष्ण उनलाई स्वीकार्य छैनन् । यसप्रकार कृष्णलाई समग्र रूपमा बुझ्नु सट्टा सबैले आ–आफ्नो रुझान मात्रै कृष्णमा देख्छन् ।

युद्धअघि अर्जुन द्विविधामा रहेको बखत सारथी कृष्णजीले चाहेको भए युद्ध रोकिन्थ्यो होला, कृष्णजीले गीताको उपदेश दिए तर युद्ध रोक्न कुनै प्रयास नै गरेनन् भत्रे प्रो. थापरको विश्लेषण रहेछ ।
तर, विद्वान पं. छविलाल पोखरेलको ‘जात, जाति र सम्प्रदायहरू’ पुस्तकले कृष्णजीले युद्ध रोक्न कुनै प्रयास नगरेको भत्रे प्रो. थापरको विश्लेषणलाई खण्डन गर्छ । उक्त पुस्तक अनुसार ः
कृष्णचरित्र बारेमा पुराणहरूमा र महाभारतमा आकाश पाताल फरक छ । पुराणहरूमा गोपिनीहरूका साथ रासलीलाका कथाहरू छन् । महाभारतमा रासलीलाको गन्धै छैन । राधाका साथका कथा पनि भेटिँदैन । हुन त गीता अ. ४ को श्लोक ८ ले

परत्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय संभवामी युगे युगे ।।

धर्म रक्षा गर्न, साधु सज्जनलाई जोगाउन र दुर्जनको नाश गर्न समय समयमा पृथ्वीमा आउँछु भनेको छ । तर महाभारत उद्योग पर्व र सभा पर्व आदि हेर्दा अधर्म अन्याय हटाउने मात्र उद्देश्य छ । दुष्ट दुर्जन मार्ने पनि उद्देश्य देखिँदैन । जस्तै– जरासन्ध राजा बलवानमा गनिएको थियो, त्यसले युद्ध गरेर जितेका मानिस थुन्दा २० हजार थुनिएछन् । तिनलाई रुद्र यज्ञ गर्दा बलि दिने निर्णय गरेछ । त्यो कुरा ती थुनिएका थुनुवाहरूले थाहा पाएर त्यसबेला त्यस्तो अन्याय सुनेर तुरुन्तै रोक्न जाने कृष्णको स्वभाव हुनाले ती युवकहरूले गुप्त पत्र पठाएछन् । जरासन्ध बिहान पूजाबाट उठेर बाहिर निस्कँदा मागेको दिन्छ भत्रे बुझेकाले भीमसेन र अर्जुनलाई साथ लिएर बिहानै पुग्दा जरासन्ध बाहिर आएर सोधेछ, हामी माग्न आएका दिने भए माग्छौँ कृष्णले भत्रुभो, जरासन्धले दिन्छु भने, कृष्णले भत्रुभो कि –
 

मनुष्याणां समालम्भो न च दुष्टः कदाचन ।
स कथं मानुषै दैवं यष्टुमिच्छसी शङ्करम ।।

(महाभारत सभा पर्व अ.२२÷११)

कुनै शास्त्रले पनि मनुष्य बलि बताउँदैन । किन मनुष्य बलिबाट रुद्र यज्ञ गर्न लाग्यौ ?

अस्मांस्तदेनो गच्छेद्धि कृतंवार्हद्रथत्वया ।
वयं शक्ता हि धर्मस्य रक्षणे धर्मचारिणः ।।१०।।

तिमीले गरेको मनुष्य बलिको पाप हामी थाहा पाउनेलाई पनि लाग्ने हुँदा रोक्न आयौँ । तिनलाई छोड, हामी जान्छौँ । ‘मुञ्च वानृपतीन्सर्वान्गच्छ वा त्वं यमक्षयम’ (११) छोड्दैनौँ भने तिमीलाई यमलोक पठाउँछौँ । अर्थात तिमीलाई हामी मार्छौं भत्रे भाव स्पष्टै गरे । जरासन्धले भन्यो कि–

देवतार्थं समाह्त्य कथं कृष्ण भयादहम ।
अहमद्य विमुच्येयं क्षात्रं व्रतमनुस्मरन ।।२९।।

मैले यिनलाई देवतानिम्ति बलि दिन ल्याएको हुँ । क्षत्रिय धर्म जात्रे सम्झने मैले डर मानेर कसरी छोड्छु ? भन्यो र भीमसेनका साथ २७ दिन लडाइँ भै जरासन्ध मारियो । त्यस्तै कौरव पाण्डवको युद्धमा त झन ७ सय हात्तीका साथ किराँत सेना नै गएको थियो । युद्धको कारण दुर्योधनको ढिपीबाहेक केही थिएन । पाण्डवको राज्य इन्द्रप्रस्थ (दिल्ली) जुवामा हारेर कबोलअनुसार १३ वर्ष बिताएर आएपछि फिर्ता दिनुपर्नेमा दिएन । विदुर, भीष्म, द्रोण, व्यास आदिले भन्दा पनि मानेन । त्यसपछि कृष्णले दुर्योधनलाई युद्ध रोक्ने बारेमा सम्झाउन जान्छुभन्दा युधिष्ठिरले तपाईंको कुरा सुन्दैन टेर्दैन, त्यहाँ जाने काम छैन भने तर कृष्णले भने कि–
न जातु गमनं पार्थ भवेत तत्र निरर्थकम ।
अर्थ प्राप्तिः कदाचितस्यादन्ततोवाप्यवाच्यता ।।
(उद्योग पर्व अ. ७३)

हे युधिष्ठिर ! मैले त्यहाँ युद्ध रोक्ने कुरा गर्न जानु व्यर्थ छैन । किनकि मैले भनेको मानेर युद्ध रोक्न सकियो भने ठूलो काम हुनेछ अथवा दुर्योधनले मेरो कुरा मानेन युद्धै गर्ने भयो भने पनि कृष्णले युद्ध रोक्ने प्रयत्न गरेनन् भत्रे दोष मलाई लाग्ने छैन । युद्ध रोक्नेमा म पनि ठहरिन्छु र युद्ध गराउने दोष ता लाग्ने छैन भनेर सात्यकिलाई साथ लिई जानुभई विदुरका घरमा बस्नुभयो । विदुरले भने कि– दुर्योधनोमारयेद्धा कारागारे प्रवेशयेत’ (उद्योग पर्व अध्याय ९३, श्लोक ६) । तपाईंलाई दुर्योधनले मार्छ अथवा जेलमा त अवश्यै थुन्दछ, किन आउनुभएको ? कृष्णले भत्रुभो कि –

न मांबूयुरधर्मिष्ठा मूढाह्यसुहृदस्तथा ।
शक्तो नावारयत कृष्णः संरब्धान कुरूपाण्डवान ।।
(उद्योग पर्व अ. ९३, श्लोक १६)

त्यो युद्धबाट मनुष्य समाजको सानो निहुँबाटै हुने भयङ्कर युद्ध रोक्ने बारेमा चेष्टा गरिनँ भने त मेरा विरोधी मूर्खहरूले कृष्ण त्यो युद्ध रोक्न अघिसरेको भए रोकिन्थ्यो, तर त्यत्रो नरसंहार रोक्नेतर्फ वास्तै गरेन भत्रे दोषबाट बच्न पनि आएँ । 

अर्को कुरा हुन लागेको नरसंहार रोक्नेतर्फ लाग्नु ठूलो धर्म हो । पाण्डव र कौरव दुवैथरीलाई र अरू सबै सैन्यलाई लाभ हुने काम गर्न सच्चा मन लगाई प्रयत्न गर्दछु, यो धर्मको काम हो । आफ्नो शक्तिअनुसार जनतालाई लाभ हुने काम गर्दै रहनु धर्म हो, त्यस्ता काममा लाग्दा काम सफल भएन भने पनि धर्मकार्यमा लागेको पुण्य अवश्यै पाउँछ । त्यस्तो युद्ध गराएको दोष हटाउन र पुण्य पाउन निम्ति आएको हुँ । इत्यादि कुरा –

धर्मकार्यं यतन शक्तया नोचेत्प्राप्नोति तत्फलम ।
प्राप्तो भवति तत्युण्यमत्र मे नास्ति शंसयः ।।६।।
हितं हि धार्तराष्ट्राणां पाण्डवानां तथैवच ।
पृथिव्यां क्षत्रियाणां च करिष्येऽहममायया ।।१३।।
(महाभारत उद्योग पर्व ९३)

कौरव सभामा गएर कृष्णले लडाइँ रोक्ने बारेमा कडा भाषण गर्नुभयो, दुर्योधनलाई कडा गरी सम्झाउनुभयो तर दुर्योधन बाहिर निस्केर कृष्णलाई थुत्रे सल्लाह गरेको कुरा सात्यकि बाहिर गई बुझेर कृष्णलाई सुनाए । दुर्योधनलाई सभामा धृतराष्ट्रले बोलाए, कृष्णले विश्वरूप देखाए । धृतराष्ट्रको पनि आँखा देख्ने गराए । सबैले कृष्णको स्तुति गरे । दुर्योधनको बुद्धि नसप्रने ठहराएर गए ।
त्यो युद्धमा पाण्डव र कृष्ण सात्यकि मात्र बाँचे अरे !

महाभारतमा कृष्णचरित्र अति उत्तम देखिन्छ । युद्ध रोकेर शान्ति गराउने चेष्टा देखिन्छ । हुन ता जहाँ तहाँ नपत्याइने कथा पनि छन् । तर कृष्णचरित्र अति राम्रो उत्तम छ । निर्भय भई शत्रु समाजमा कडा राजा जरासन्ध, दुर्योधन आदिका साथमा पनि युद्ध रोक्ने कडा भाषण गरेका कुरा लेखिए ।

पुराणहरूमा चाहिँ राजा दुर्योधनको घमण्ड ढिपीले युद्ध भएको हो तापनि भूभार हरण गर्न कृष्णले नै युद्ध गराएको हो भनियो । यदुवंशीहरू पनि पृथ्वीको भार हुनन्, यिनलाई सकेर संहार गरेर मात्र पृथ्वीको भार हट्ने हुँदा यो काम गरेर मात्र यो शरीर छोडेर परमधाम जान्छु इत्यादि कुरा भागवतमा र अन्त पनि देखिन्छ । जस्तै–
‘हत्वा नृपात्रिरहरत क्षिति भारमीशः’ (भा. स्कन्ध ११ अ.१ श्लोक २)
त्यस्तैै,

यद्य संहृत्यहप्तानां यदूनां विपुलं कुलम ।
गन्तास्म्यनेन लोकोऽयमुद्वेलेन विनङक्ष्यति ।।
(स्कन्ध ११, अ. ६, श्लोक ३०)

अर्थात कौरव र पाण्डवको युद्ध गराई भूभार कम गरेँ, तर घमण्डी यदुवंशी बढेको छ । यसलाई नसकी मैले बैकुण्ठ जान हुँदैन । यस यदुवंशलाई सकेर नै जान्छु भत्रुभएकाले महाभारतको कृष्णचरित्रका साथ मिलेन । कृष्णका छोराहरूले सुनेको भए कृष्णलाई पक्रन्थे र मार्थे होलान् । महाभारतमा चाहिँ जहाँ तहाँ मनुष्य समाजमा पिरपिराउ काटाकाट हुने र अति कष्ट पाएको खबर पाइन्छ, त्यहाँ गएर शान्तिको प्रयत्न कृष्णले गरेको छ । जरासन्ध, दुर्योधनको कडा अन्याय हटाउन २।३ जना मात्र साथी लिएर जानु, न्याय निम्ति निर्भय भई उनका दोष प्रकट गर्नु ठूलो साहस हो । मार्ने उद्देश्य महाभारतमा छैन । पुराणले कृष्णचरित्र बटारेछन् र अनुकरण गर्न योग्य देखिएन ।

केही उत्तर मौर्यकालीन टेक्स्टको चर्चा :
पुराण १८ छन् र तिनको रचना व्यासद्वारा गरिएको भत्रे साधारण धारणा छ । महाभारत कालमा कृष्ण द्वैपायन व्यास भए । महाभारत काल कलियुगको प्रारम्भदेखि अगाडि भएको हो भत्रे सर्वसाधारणका ज्ञानको कुरो हो । तर ऐतिहासिक विवेचनाका आधारमा प्रमुख पुराणहरू जस्तैः  वायु, विष्णु, मार्कण्डेय, मत्स्य, कुर्म, ब्रह्म आदिको रचनाकाल ईसापश्चातको तेस्रोदेखि छैठौँ शतक र अग्नि, गरुड आदि सोही संवतको छैठौंदेखि नवौं शतक भनी सुप्रसिद्ध विद्वान भारत रत्न महामहोपाध्याय डा. पाण्डुरङ्ग वामन काणेले गवेषण गरी ठहर्याउनु भएको छ । महाभारत काल ऐतिहासिक पुरातत्ववेत्ताहरूका अनुसार १२०० ईसापूर्वदेखि ८०० वर्ष ईसापूर्व ठहराएका छन् । ईसा पूर्वका तेस्रो चौथो शतकको भाषा र लिपिमा उत्कीर्ण शिलापत्र र अभिलेखहरू प्राप्त छन् । तिनको लिपि र भाषा र पुराणहरूको भाषामा साम्य छैन । वैदिक भाषा र पौराणिक भाषामा नै ठूलो अन्तर छ । अस्तु पुराणहरूको रचना कृष्ण द्वैपायन वेद व्यासद्वारा भएको भत्रु प्रमाणका आधारमा युक्तिसङ्गत देखिँदैन ।
हाम्रा शास्त्रीय वाङ्मय प्रमुखतः दुई भागमा अर्थात श्रुति र स्मृतिमा विभक्त छन् । कानबाट सुनिने श्रुति, मानिसको सम्झनामा रहने वा रहनुपर्ने स्मृति ।

प्रत्येक पुराणको पाठ गरी भाष्य गरी सुनाउने आसनमा बस्ने व्यक्ति अद्यावधि, चतुर्मासमा होस् वा नवाह वा सप्ताहमा होस्, व्यास नामले नै सम्बोधन गरिन्छ र त्यसको सहायक गणेश । अर्थात पुराणको अर्थ लाउने व्यक्ति नै व्यास हो र त्यसको सहायक गणेश ।

निष्कर्ष :
लेखिका थापरले स्वीकारेकी छिन् भागवत गीता उत्तर–मौर्यकालीन टेक्स्ट हो भनेर । यो ग्रन्थ बौद्ध र जैन श्रमण परम्परा स्थापित भैसकेपछि आएको देखिन्छ । लेखिका स्वयंले ब्राह्मणवादी र श्रमण परम्परालाई सर्प र नेउला (नाग र गरुड ?) सँग तुलना गरिएको र यी दुवै परम्पराबीचको सम्बन्ध सङ्घर्षमय थियो भनेकी छिन् । श्रमण परम्परा आफ्नो चरममा रहेका बखत कमजोर रहेको ब्राह्मण परम्परालाई दरिलो बनाउने सोचमा केही संस्कृतका विद्वान तर पाखण्डी, स्वार्थी र लोभी प्रवृत्तिका व्यक्तिहरूले महाभारतको प्रारम्भिक नाम जयमहाकाव्यमा २४ हजार श्लोक रहेकोमा थपथाप मिलावट गरी एक लाख श्लोकको महाभारत लेखे ।

अन्य ग्रन्थहरूमा पनि मिसावट भएको छ, जो बजारमा उपलब्ध छ र सबैले त्यसैलाई सत्य मानी आचार व्यवहार गरी आएका छन् । त्यस्तै महाभारतको आशयलाई बटारेर भागवत लेखिएको छ ।
कृष्णजीले युद्ध रोक्ने प्रयासअन्तर्गत गरेको कुराकानीको विभित्र चरणलाई छायामा पारेर प्रो. थापरले अन्तरवार्ता दिएकी छिन् । भनाइ छ, जुन कुरो आफ्नो वशमा छैन त्यसको चिन्ता गर्नुहुँदैन । जुन कुरो अवश्यम्भावी छ, त्यो रोकेर रोकित्र, टारेर टर्दैन । कृष्णजीको सन्देश अधिकार, कर्तव्य र दायित्वमा आधारित छ । रामायण योग हो भने महाभारत प्रयोग हो । महाभारतको युद्ध पाण्डवको राज्य विस्तार वा राज्य एकीकरणका लागि नभएर अधिकार प्राप्तिका लागि थियो । द्विविधाग्रस्त अर्जुनको सारथी बुद्ध भैदिएको भए अर्जुन बुद्धको अनुयायी त बन्थे, युद्ध हुँदैनथ्यो होला तर अधिकार त्यागको मूल्यमा । अधिकारै नभएपछि कर्तव्य र दायित्व पनि सिर्जना हुँदैन किनभने ती तीनवटै समानान्तर चल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप