शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

Xiaomi द्वारा Redmi Go प्रस्तुत – अब मात्र ८ हजार ९९९ मा सुविधायुक्त फोन

सोमबार, १३ फागुन २०७५, १४ : २७
सोमबार, १३ फागुन २०७५

काठमाडौँ–साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन -रेड्मी गो बजारमा ल्याएको छ । जसको बजार मूल्य ८ हजार ९९९ कायम गरिएको छ । 

एन्ड्रोइड गो  कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको साओमीले जनाएको छ । कम्पनीका अनुसार यसले अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ। 

नेपालका लागि प्रबन्धक सौरभ कोठारीले भने, “साओमीले नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै एमआइ फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो रेड्मी टीएम गोसँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्‍याउने यो हाम्रो प्रयास पनि हो ।“

रेडमी गोका नयाँ एन्ड्रोइड फोनमा ५ इन्चको एचडी डिस्प्ले (७२०x१२८० पिक्सेल), क्वालकोम स्नापड्रागनम ४२५ प्रोसेसर, ३००० मिलिएम्पियर–घण्टा (MAh) को व्याट्री, पछाडिपट्टि लिडफ्लाससहितको ८ मेगापिक्सेलको क्यामेरा र अगाडिपट्टि ५ मेगापिक्सेलको सेल्फिक्यामेराको सुविधा छ । दुई वटा सिम राख्न सकिने रेडमी गोमा १ जिबी र्‍याम र ८ जिबी रोम (स्टोरेज क्षमता) रहेको छ भने यसमा १२८ जिबी क्षमतासम्मको माइक्रोएसडी स्लड (मेमोरी कार्ड राख्ने ठाउँ) समेत रहेको छ ।

रेडमी गो कालो र नीलो रंगमा उपलब्ध छ । यो अगामी मार्च ३ तारिख तदानुसार फागुन १९ गतेका दिनदेखि मोबाइल पसलहरु र दराज अनलाइन स्टोरमा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप