बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारको फुटपाथमा नेकपाको झण्डावाल भारतीय सवारी, सडकमा पैदलयात्री (फोटो/भिडियो)

कहाँ छ ट्राफिक प्रहरी ?
सोमबार, १३ फागुन २०७५, १० : १५
सोमबार, १३ फागुन २०७५

 समय : आइतबार मध्यान्ह । स्थान : नेपालको मुख्य प्रशासासनिक केन्द्र सिंहदरबारको गेट छेउको फुटपाथ ।

नेकपाको झन्डा, भारतीय नम्बरप्लेट । गाडीभित्र चालक निदाइरहेका छन् ।

पैदलयात्रीलाई हिँड्नसमेत अप्ठेरो हुनेगरी फुटपाथमै चढाएर गाडी पार्किङ गरिएको थियो ।

सो गाडीपछाडि फुटपाथमै अर्को गाडी पनि पार्किङ गरिएको थियो, त्यसमा भने चालक थिएनन् ।

सोही स्थानमा निर्माण भइरहेको नयाँ होटल अगाडि पुरै फुटपाथ ढाकेर थुप्रै संख्यामा मोटरसाइकल पार्किङ गरिएको थियो ।

सिंहदरबारकै छेउमा रहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको गेटमा पार्किङ गरिएको मोटरसाइकलको हावा खुस्काइरहेका थिए कार्यालयका सुरक्षागार्ड ।

गेट नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ गरेपछि अलिकति हावा खुस्काइदिएको उनले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै बबरमहल आउने बाटोमा नो पार्किङ लेखेको बोर्ड पनि राखिएको छ । तैपनि बाटो नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ हुने गरेको छ ।

त्यस आसपास एक–दुईजना ट्राफिक प्रहरी पनि घुमिरहेका देखिन्छन् । तर पैदलयात्रु हिँड्ने फुटपाथ यसरी अनाधिकृत पार्किङको शिकार बनिरहँदा उनीहरु मुकदर्शक बनिरहेका छन् ।

फुटपाथ पनि सवारी साधनले कब्जा गर्न थालेपछि पैदलयात्रु सडकमा हिँड्न बाध्य छन् । यसले दुर्घटनाको जोखिम बढाइरहेको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप