काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना, ९ जना घाइते
आइतबार, १२ फागुन २०७५, १६ : ४५
बुटवल– आईतवार दिउँसो पश्चिम रुकुममा बस दुर्घटना भएको छ ।
पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा ९ जना घाईते भएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
९ जनाको अवस्था सामन्य रहेको र एक जना सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए । उनका अनुसार बसमा २४ जना यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ