बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

आइतबार, १२ फागुन २०७५, १६ : ५४
आइतबार, १२ फागुन २०७५

काठमाडौं– प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  

महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने   सुरेन्द्र पासवानलाई पक्राउ गरेको  छ । प्रहरीले गएराती नागपोखरी स्थित बा ४१ प ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका  पासवानलाई पक्राउ गरेको हो । उनले चेकजाचमा खटिएका प्रहरी टोलीलाई  रू ५ सय घुस दिएका थिए । 

यसैगरी गएराती नै महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका १७ क्षेत्रपाटी स्थित को १४ प २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका २३ ओमवहालका  राजनराज भण्डारीले ब्लुबुक भित्र रू १ हजार राखि घुस रकम दिएकाले उनलाई पनि पक्राउ गरेको छ । 

दुबै जनामाथि कारबाही प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप