गाडी बनाउन गएका युवा मृत भेटिए, चार जना पक्राउ
भक्तपुर । घरबाट गाडी बनाउन निस्केका एक जना युवा भक्तपुरमा मृत भेटिएका छन् ।
शनिबार बिहान ९ बजेघरबाट निस्केका सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलका २६ वर्षीय निकेश भुजु आफ्नो ४ वर्षको छोरा सहित घरबाट गएका थिए ।
महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार निकेश छोरा सहित बा.५ च ६४२१ नम्वरको निलो मारूती गाडी बनाउन भनेर गएपछि सम्पर्कविहीन भए ।
घरबाट हिडेका उनीसँग फोन सम्पर्क हुन नसकेपछि उनकी श्रीमती सृजना भुजुले सोही दिन बेलुकी ६ बजेको समयमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको मौखिक उजुरी दिइन् ।
उजुरीका आधारमा खोजतलास गर्दै जादाँ भक्तपुर न.पा वडा नं. ८ लिवालीतर्फ भागेको देखिएकाले सो गाडीको पिछा गर्दै जादाँ निकेशका छोरालाई छाडी भागेको र गाडी भित्र हेर्दा निकेश अचेत अवस्थामा भेटिए ।
तत्काल सोही गाडीमा उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा सम्बन्धित चिकित्सकद्वारा मृत घोषित गरेका महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्दै जादाँ चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने बर्ष २५ को सुमन बाला, दाङ हापुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १९ को भुप बहादुर रोका छन् ।
त्यसैगरि सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका वडा नं. १ ट्याङथली घर भई हाल भ.पु.जि.चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली बस्ने बर्ष २६ को किरण श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने बर्ष २१ को सुकु भन्ने राज बनमाला रहेका छन् ।
प्रहरीले उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक शुसिल कुमार पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा