बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिवम् सिमेन्टको सर्वसाधारण तर्फको आईपीओ सबै बिक्री

आइतबार, १२ फागुन २०७५, १४ : ३१
आइतबार, १२ फागुन २०७५

काठमाडौं । शिवम् सिमेन्टको सर्वसाधारण तर्फको आईपीओ सबै बिक्री भएको छ ।

तर स्थानीय बासिन्दाका लागि छुट्याइएको आईपीओ भने ४४ प्रतिशत मात्रै बिक्री भएको छ । शिवम्ले प्रभावित र सर्वसाधारणसहित जम्मा ४६ लाख ९९ हजार ६ सय ४० कित्ता निष्काशन गरेको थियो । 

कम्पनीले सर्वसाधारणको लागि फागुन ६ गतेदेखि प्रति कित्ता ३०० का दरमा ४१ लाख २० हजार कित्ता सार्वजनिक निष्काशन गरेको थियो । 

प्रभावित स्थानीयका लागि यसअघि बिक्री नभएको ५ लाख ७९ हजार ६ सय ४० कित्ता प्राथमिक शेयर प्रिमियम घटाएर प्रति कित्ता २०० सयका दरमा निष्काशन गरेको हो । 

जसअनुसार हालसम्ममा प्रभावित र सर्वसाधारणसहित ४५ लाख ३० हजार १५० कित्ताको लागि आवदेन परेको छ । प्राथमिक शेयर ढिलोमा चैत्र ५ गतेसम्म बिक्री खुला गर्ने कम्पनीले बताएको छ । 

नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट प्राथमिक शेयरको आवेदन दिन सकिनेछ । मेरो शेयरको खाताबाट अनलाइनबाटै आवदेन दिन पनि सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप