शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरको रानीकोटबाट प्याराग्लाइडिङको परिक्षण उडान सफल

आइतबार, १२ फागुन २०७५, १० : १६
आइतबार, १२ फागुन २०७५

नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । त्यसैअनुसार देशका विभिन्न स्थानमा पर्यटकहरुको मनोरञ्जन र बसाई लम्बाउन विभिन्न गतीविधी र पूर्वाधहरु तयार हुँदै छन् ।

भक्तपुरमा पनि स्वदेशी तथा बाह्य पर्यटहरु माझ लोकप्रिय प्याराग्लाईडिङको परिक्षण उडान शनिबार सफल भएको छ ।

शनिबार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ८ वटा परिक्षण उडान गरिएको गुण्डु इन्टरनेशनल प्याराग्लाइडिङ प्रालिका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिएका छन् ।

परिक्षण सफल भएसँगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईंले बताए ।

रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाइडिङ गुण्डुमा उतारिएको थियो ।

रानीकोटबाट प्याराग्लाईडिङ गर्दा भक्तपुरको रमणीय दृश्यका साथै पाइलबाट आश्रम, डोलेश्वर महादेव, अन्नतलिङ्गेश्वर, हिमालको मनोरम दृश्यालोकलन गर्न सकिन्छ ।

जिल्लामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा प्याराग्लाईडिङ शुरु हुने भएको छ । जिल्लामा प्याराग्लाईडिङ शुरु गर्न केही समयअघि गुण्डु इन्टरनेस्नल प्याराग्लाइडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो ।

परिक्षण उडान सफल भएपछि व्यवसायीक उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप