बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा ३ जना बलात्कार र एक हत्याका फरार प्रतिवादी पक्राउ

आइतबार, १२ फागुन २०७५, १० : १०
आइतबार, १२ फागुन २०७५

पश्चिम रुकुममा पछिल्लो १० महिनाको अवधिमा  ३ जना बलात्कार र एक जना हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न त्यहाँको प्रहरी सफल भएको छ ।  एक जना वन मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले दिएको विवरण अनुसार वाफीकोट गाउँपालिका–३ भाग्लेका २३ वर्षीय भरत विक एक महिला बलात्कारको मुद्दामा फरार थिए । उनलाई  पक्राउ गरी २०७५ कार्तिक १ गते भई त्यहाँको अदालतबाट ६ वर्ष कैद र एक हजार जरीवानासहित कारागार चलान गरियो । 

सोही गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर बिक बालिका बलात्कारको अभियोगमा फरार थिए । उनलाई पनि पक्राउ गरियो र माग १६ गते ५ वर्ष कैद सजायका लागि कारगार चलान गरियो ।

आठविसकोट नगरपालिका–१० का ३३ बर्षिय शशीराम विक बलात्कारको अभियोगमा ८ बर्ष जेल सजायमा परे । 

वाफीकोट गाउँपालिका–४ का ४२ वर्षीय डम्वरबहादुर विक कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजायका लागि कारागार चलान भए ।

चौरझारी नगरपालिका १४ का ३३  वर्षीय रुपलाल विष्ट माघ ११ गते वन मन मुद्दामा  ५२ हजार  १ सय ९१ रुपैयाँ जरीवानामा परे ।

लागु औषध वरामदमा पनि प्रहरी सफल
 
गत वैशाख महिनादेखि हालसम्म त्यहाँको प्रहरीले ५ किलो अफिम, २७ किलो ६०७ ग्राम चरेस, २६ किलो ५० ग्राम गाँजा र ७ वटा ट्याबलेट लागु औषध वरामद गर्न र त्यसको अवैध थुप्रै कारोवारीलाई समात्न सफल भएको छ ।

प्रहरीको विवरण हेर्दा पश्चिम रुकुम लागुऔषध ओसार पसारको अखडा बनेको पाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप