शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नीजि उद्योगले प्रयोग गर्यो नेपाल सरकारको लोगो

शनिबार, ११ फागुन २०७५, २० : ४९
शनिबार, ११ फागुन २०७५

दाङ । एक नीजि कम्पनीले आफ्नो ब्राण्डमा नेपाल सरकारको लोगो राखेर समान बिक्री वितरण गर्दै आएको भेटिएको छ । दाङ मह उत्पादन केन्द्र दाङले मह प्रशोधन गरी बजारमा पठाउने १५ ग्रामको पाउचमा नेपाल सरकारको लोगो राखेको भेटिएको हो । 

जबकी नेपाल सरकारले उत्पादन गरेको वस्तुमा मात्र आफ्नो लोगो प्रयोग गर्ने प्रावधान छ । तर सो केन्द्रले खुद्रा १० रुपैयाँमा बिक्री गर्ने पाउचमा नेपाल सरकारको लोगो प्रयोग गरेर धमाधम बिक्री वितरण गरिरहेको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सञ्चालनमा ल्याएको साना तथा मझौला कृषी आयस्तर वृद्धि आयोजनाको सहयोगमा सञ्चालित सो उद्योगले महको अन्य विभिन्न प्याकमा प्रशोधित मह बिक्री वितरण गर्दै आइरहेका छन् । अन्य कुनै प्याकमा नेपाल सरकारको लोगो राखिएको छैन । 

तर नयाँ स्किम अन्तर्गतको पाउचमा सो लोगो प्रयोग गररिएको छ । 
२०६७ सालमा स्थापना भएको सो केन्द्रबाट विगत एक वर्षदेखि सो नेपाल सरकारको लोगो भएको पाउच विक्रि वितरण गर्दै आएको छ । 

केन्द्रका निर्देशक रामहरि शर्माले भने, ‘आयोजनाको हाकिमले महको प्याकमा हाम्रो पनि नाम राख्नुस् भनेपछि हामीले सो लोगो प्रयोग गरेका हौं तर प्रयोग गर्नुहुँदैन्थ्यो ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अनुमति लिनुपर्ने थियो तर त्यस्तो नगरेको बताउँदै उनले नेपाल सरकारको लोगो छापेर गल्ती गरेको स्वीकार गरे ।

केन्द्रले हालसम्म एकलाख ३० हजार पाउच विक्रिवितरण गरिसकेको छ । केन्द्रले बजारमा ल्याउनका लागि ६ लाख प्रति पाउच छपाएको थियो । त्यसमध्ये एकलाख विक्रि वितरण गरिसकेको छ । 

जबकी सो पाउचमा नेपाल सरकारको लोगो राखेर विक्रि वितरण नगर्न गुण नियन्त्रण विभागले भनिसकेको छ । तैपनि विक्रि गर्न रोकिएको छैन । निर्देशम शर्माले भने, ‘पाउच छपाई भइसकेको छ, यो चालु आर्थिक वर्ष यही पाउचमा मह बेच्छु, अर्को पाउच छपाईका लागि अर्डर दिइसकेको छु ।’ 

आर्थिक वर्ष सकिने बित्तिकै नयाँ पाउचमा विक्रि गर्ने उनले बताए ।

१५ ग्रामको महको सो पाउच बनाउन पाँच रुपैयाँ ७५ पैसा खर्च पर्ने गरेको छ । थोकमा सात रुपियाँमा बेच्ने गरेको छ भने खुद्रामा १० रुपैयाँ बेच्ने गरेको छ । यो साइज महको प्याक बजारमा अत्याधिक माग रहेको छ । 

हरेक किराना पसलमा झुण्ड्याउन मिल्ने र सस्तो पर्ने भएकाले स्कूले बालबालिकाको रोजाईमा परेको छ । तातो पानी र मह खाने चलन बढेको कारण कतै भ्रमणमा जाँदा बोकेर पनि लैजाने सकिने भएका कारणले सबै उमेरका व्यक्तिले पनि यसलाई रुचाएको निर्देशक शर्माले बताए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘कुनै पनि नीजि उद्योगले नेपाल सरकारको लोगो प्रयोग गर्न पाउँदैन, यदि कुनै आयोजनाको सहयोगमा सञ्चालित छ भने उसको सहयोग मात्र सञ्चालित मात्र उल्लेख गर्न सकिन्छ सरकारको लोग प्रयोग गर्न मिल्दैन । यदि कसैले प्रयोग गरेको छ भने तत्कालै रोक्नुपर्छ ।’

नेपालमा मह उत्पादनका लागि पनि दाङ जिल्ला चिनिन्छ । यो जिल्लामा यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । चरणको राम्रो व्यवस्था नभएको कारण विगतको भन्दा उत्पादनमा कमी आएको छ । व्यावसायीक रुपमा ३३० जना र अर्ध व्यवसायी रुमा ७७१ जना किसान मह खेतीमा लागेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप