मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्सव गर्नुअघि नै ३ करोड संकलनः भुवन केसीले दिए ५५ लाख

शनिबार, ११ फागुन २०७५, २० : ४१
शनिबार, ११ फागुन २०७५

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामी टक्सारमा रहेको महेन्द्र आदर्श माध्यामिक विद्यालयको ६० औं हिरक महोत्सव तथा  श्रीमदभागवत धान–धान्यान्चल सुरु हुन नपाउँदै ३ करोड बढि रकम संकलन भएको छ ।

जसमध्ये अहिलेसम्मकै बढि धनराशीको दान सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवन केसीले दिएका छन् । उनी एउटै व्यक्तिले ५५ लाख दान गर्ने घोषणा गरेका छन् ।

फागुन १३ गते  प्रधामन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न आउने बचन दिएको उक्त महायज्ञ  फागुन २० गतेसम्म चल्ने मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेले बताए । उनले भने, ‘सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।’

५ करोड संकलन गरी प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य लिइएकोमा त्यो पुरा हुने कुरामा विश्वस्त रहेको विद्यालयका प्रधाध्यापक बुद्धिप्रसाद शर्माले बताए । त्यस नगरपालिकाभित्रका मानिसहरु जापान, कोरिया, अमेरिका र युरोपका मुलुकहरुमा रहेकोले पनि यति ठूलो रकम जुटेको हो । 

जहाँका मानिसहरु धनभन्दा बढि मन भएका रहेकै कारण अपेक्षा अनुरुप रकम उठ्न थालेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा बताउँछन । उनले नगरपालिकाबाट ५० लाख दिने उद्घोष गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप