शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बसले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

शनिबार, ११ फागुन २०७५, २० : २८
शनिबार, ११ फागुन २०७५

कावासोती । नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा आज दिउँसो एक बालकको मृत्यु भएको छ । 

कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारका क्रममा भरतपुर अस्पलातमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

बस पाल्पा रामपुरबाट विवाहसकी कावासोती आउँदै गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप