भैँसीमा भ्यागुते रोग देखा परिेपछि १७ भैँसी मरे
लमही । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भैंसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा ¥याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताए ।
एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ । ‘एक हप्ताअघि देखि यो रोगले भैँसीहरु मर्ने गरेका रहेछन्,’ उनले भने, ‘तर किसानले रोग लागेको भनी कुनै जानकारी नगराउँदा यसरी धेरै पशुहरु मरे ।’ अहिले ११ वटा भैंसीलाई उपचार गराइरहेको समेत उनले बताए ।
उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताए । उनका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ । ‘प्रायः मौसम परिवर्तनसँगै फागुन, चैत, साउन, भदौतिर पशुहरुमा यस्तो रोग देखिन्छ,’ उनले भने ।
यस्तो रोग लागेका पशुलाई अन्य पशुसँग सँगै राख्दा सर्ने भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्न किसानलाई सुझाव दिएको पनि बताए । प्रायः त्यस क्षेत्रमा बढी भैंसीपालन हुने गरेको र सँगै चराउन लैजाने गर्ने भएकाले यस्तो रोग महामारीका रुपमा फैलिएको प्रमुख रेग्मीले बताए । यो रोग ‘ब्याक्टोरिया’ बाट सर्ने भएकाले फैलिन नदिन रोगले सङ्क्रमण नगरेका भैँसीहरुलाई समेत ‘भ्याक्सिन’ लगाउने कार्य भइरहेको उहाँको भनाइ छ ।
उनका अनुसार अबको एक÷दुई दिनमा यो रोग नियन्त्रणमा आउँछ । यसका लागि किसानलाई पनि सङ्क्रमित पशुलाई लसपस नगराउन, भैँसी राख्ने ‘खोर’ सरसफाइ गर्न सुझाव दिने गरेको उनको भनाइ छ । ‘सङ्क्रमित पशुहरुलाई अन्य पशुसँग लसपस गराउनु हुँदैन’, उनले भने, ‘भैँसी तथा गाई राख्ने ठाउँपनि सुरक्षित हुनुपर्छ ।’
आफूले पालेका भैंसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् । प्रायः भैँसीपालन गर्ने गरेका त्यस क्षेत्रका किसान भैंसी मर्न थालेपछि दैनिकी समेत प्रभावित हुने गरेको छ । आसपासका किसान पनि रोग पशुमा रोग सर्ने त्रासमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ