शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ अस्पतालको शैय्याबाट नख्खु बम बिस्फोटकी घाइते प्रतिक्षाको बयान (भिडियो)

शनिबार, ११ फागुन २०७५, १८ : ३४
शनिबार, ११ फागुन २०७५

शुक्रबार राती ८ बजे ललितपुरको नख्खुमा रहेको एनसेलको नेपालस्थित मुख्यालयको गेटमा बम बिस्फोट भयो । बिस्फोटमा परी घाइते भएका ३ जना मध्ये एकजना सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भयो । सामान्य घाइते भएका प्रतिक्षा खड्का र आरुसा मानन्धरको उपचार भइरहेको छ । उनीहरु अहिले खतरामुक्त अवस्थामा उपचार गराइरेका छन् ।

शुक्रबार राती घर जाने क्रममा श्रीमानसँगै मोटरसाइकलको पछाडि रहेकी प्रतिक्षाको पछाडिको भागमा बमको छर्रा घुसेको थियो । उनले घर पुग्दा जिउबाट रगत बगेको देखेपछि मात्र यसबारे चाल पाएकी थिइन् । उनले सानो घाउ होला भनेर सोचेकी थिइन् तर शरीरको पछाडिको भागमा ठूलो प्वाल नै परेको थाहा पाइन् ।

सुरुमा अल्का अस्पतालमा गएको र त्यहाँ उपचार हुन नसकेपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको उनले बताइन् । उनको शरीरबाट बमको लामो टुक्रा निकालिएको छ ।

उनी बम बिस्फोट भएको ठाँउभन्दा केही पर थिइन् । ठूलो आवाजसँगै बाक्लो धुवाँ उडेको आफूले देखेको प्रतिक्षाले बताइन् ।

उपचार गराइरहेकी खड्काले यसरी घटना गराउनेलाई सर्वसाधारणलाई दुःख दिने गरी बम बिस्फोट नगराउन आग्रह गरिन् । उनले भनिन्–‘यसरी बम राखेर सामान्य मान्छेलाई दुःख दिएर हुँदैन, मान्छेले काम गरेर खानुपर्ने हुन्छ, यसरी हस्पिटलाइज्ड हुनुपरेपछि समस्या आउँछ ।’

घाइते दुई जना खतरामुक्त रहेकोले छिट्टै डिस्चार्ज हुने अस्पतालले जनाएको छ । विस्फोटमा परि निधन भएका गुरुङको सब पोष्टमार्टमका लागि ललितपुरको पाटन अस्पताल लगिएको छ । मृतकका आफन्तले सरकारले क्षतिपूर्ति नदिई सब दाहसंस्कार नगर्ने चेतावनी दिएका छन् भने आज बिहानै अस्पताल पुगेको गहृमन्त्री रामबहादुर थापाले घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप