बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुलवामा हमलापछि भारत–पाकबीच साइबर युद्ध शुरु

शनिबार, ११ फागुन २०७५, १८ : १५
शनिबार, ११ फागुन २०७५

कश्मीरको पुलवामामा सीआरपीएफको कारगेडमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच साइबर युद्ध शुरु भएको छ ।

हमलापछि भारतीय ह्याकरहरुले पाकिस्तानका २ सयभन्दा वेबसाइट ह्याक गरेका थिए । जसको जवाफमा पाकिस्तानका ह्याकरहरुले भारतको १ सयभन्दा बढी वेबसाइट ह्याक गरेका छन्  ।

यसमा छत्तीसगढ भाजपाको वेबसाइट पनि परेको छ । भाजपाको वेबसाइट ह्याकको जिम्मा फइसल १३३७ आइडी भएका पाकिस्तानी ह्याकरले लिएका छन् ।

उनको फेसबुक पेज ‘अफिसियल पाक साइबर अट्यकर्स’को नाममा रहेको छ ।

यसमा दुई जना ह्याकर प्रमुख रहेका छन् – फैजल र मोहम्मद हसन ।

भारतीय मिडियासँग कुरा गर्दै मोहम्मद हसनले पुलवामापछि दुई देशबीच साइबर वार शुरु भएको स्वीकार गरेका छन् ।

पुलवामा हमलापछि अहिले आफ्नो टिममा १५ जना काम गरिरहेको पनि जानकारी दिएका छन् ।

उनले आफूहरुलाई आइएसआईले साइबर हमला गर्न कुनै पनि निर्देशन नदिएको स्पष्ट पारे ।

‘हामीहरु युद्धभन्दा शान्ति चाहन्छौँ । हामीले केवल भारतीय ह्याकरहरुलाई जवाफ दिएका हौँ,’ उनले अन्तरवार्तामा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप