शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुममा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बरामद

शनिबार, ११ फागुन २०७५, १८ : २२
शनिबार, ११ फागुन २०७५

बुटवल । पश्चिम रुकुममा प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–१, गिल्वाङ भन्ने स्थानमा ग५प ११६५ नम्बरको मोटरसाइकल चढेर सदरमुकामतर्फ आइरहेका अवस्थामा  बाँफीकोट गाउँपालिका–३ कोलाचौरका २३ वर्षीय विकास विकलाई ३  थान रेडपाण्डाको छालासहित पक्राउ गरिएको हो ।

‘उक्त वस्तुको तस्करी हुने गोप्य सूचना पाएपछि शुक्रवार जिल्लाका तीन वटा नाकामा प्रहरी परिचालन गरेका थियौं,’ पश्चिम रुकुमका प्रहरी प्रमुख सुमित खड्काले भने, ‘उक्त मोटरसाइकलमा खानतलासी गर्दा फेला पारी बरामद गरिएको हो ।’

मोटरसाईकलमा सवारमध्ये प्रतिक भनिने अर्को व्यक्ति भने उल्टै प्रहरीलाई आक्रमण गरी भिरबाट हाम फालेर भाग्न सफल भएको प्रमुख खड्कमले बताए ।  मोटरसाइकलको चेनिज प्याकेटले प्रहरी हवल्दार थिरबहादुर विष्टलाई निजले प्रहार गर्दा हवल्दार विष्टको खुट्टामा ६ वटा टाँका लगाउनुपरेको डिएसपी खड्काले बताए ।
 
हिमाली भेगमा पाइने अत्यन्तै दुर्लभ वन्यजन्तु रेडपाण्डा सिस्ने हिमाल, ढोरपाटन शिकार आरक्षण, से–फसकुण्डो लगायतका हिमाली भेगमा हुने गरेको र पुर्वी रुकुम तर्फबाट तस्करी हुने गरेको पाइएको उनको भनाई थियो ।  उनका अनुसार आन्तरिक बजारमै एउटा छालाको ५ लाख रुपैयाँ पर्दछ । अन्तर्राष्ट्रिय बजारमा त्यसको मुल्य कैयौं गुना बढि हुने बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप