‘ओढेर घूँघट’ मा नेपाल आइडलका कृशल र सेड्रिनाको मायाप्रेम
शनिबार, ११ फागुन २०७५, १७ : ५१
काठमाडौं । नेपाल आइडल सिजन–२ बाट चर्चित बनेका कृशल कँडेलको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ ।
गीतमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । म्यूजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले ।
म्यूजिक भिडियोमा गायनसँगै उनले किशोरी नायिका सेड्रिना शर्मासँग अभिनय गरेका छन् । यसैगरी म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने चन्दन दत्तले सम्पादन गरेका छन् ।
कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए ।
गीतले युट्युबमा २४ घण्टामा झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा