शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ धनाढ्य ज्याक मालाई उछिनेर मुकेश अम्बानी बने एशियाको सबैभन्दा धनी

शनिबार, ११ फागुन २०७५, १७ : ५०
शनिबार, ११ फागुन २०७५

एजेन्सी । संसारका शीर्ष ५०० धनाढ्यहरुको सुचिमा १९ भारतीयहरु सामेल छन् । तर सुचिको शीर्ष १० मा भने कोही भारतीय पनि छैनन् ।

ब्लूमवर्ग बिलेनियर इण्डेक्समा भारतीयहरुमध्य रिलायन्स इण्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी शीर्ष स्थानमा छन् । उनी इण्डेक्समा १२ औँ नम्बरमा छन् । इण्डेक्स अनुसार उनको कुल सम्पत्ति ४८ अर्ब अमेरिकी डलर छ ।

ब्लूमबर्ग बिलेनियर इण्डेक्सले संसारका ५०० धनीहरुको सुचि प्रकाशित गर्छ । यो हरेक दिन अमेरिकी शेयर बजार बन्द भएपछिको धनाढ्यहरुको कुल सम्पत्तिको अधारमा तय हुनेछ ।

गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटका अध्यक्ष सर्गे ब्रिनको कुल सम्पत्ति ५३.४ अर्ब अमेरिकी डलर छ । इण्डेक्समा उनी १० औँ नम्बरमा छन् ।

अम्बानीले उछिने चीनका सबैभन्दा धनी ज्याकलाई

सन् २०१८ जुलाईमा मुकेश अम्बानी एशियाको सबैभन्दा धनी बनेका थिए । उनले चीनका इ–कमर्श कम्पनी अली–बाबाको संस्थापक अध्यक्ष ज्याक मालाई पछाडि पारेका थिए । ब्लूमबर्ग बिलेनियर इण्डेक्समा ज्याक मा हाल १९ औँ नम्बरमा छन् । उनको कुल सम्पत्ति ४१.६ अर्ब डलर हुन् । उनी चीनका सबैभन्दा धनी व्यक्ति हुन् ।

रिलायन्स इण्डस्ट्रिजले लगातार ३ त्रैमासिकदेखि उच्च प्रदर्शन गरिरहेको छ । सन् २०१८ को अक्टुबर–डिसेम्बर त्रैमासिकमा कम्पनीलाई १६ हजार करोड रुपैया बढी नाफा भएको थियो । रिलायन्स इण्डस्ट्रिजको सबैभन्दा ठूलो शेयरधनी भएको हुनाले यो बृद्धिले मुकेशको सम्पत्ति बढाएको हो । 

भारतीयहरुमध्य मुकेश अम्बानीपछि इण्डेक्समा विप्रोका अध्यक्ष अजीम प्रेमजी छन् । उनी १९.३ अर्ब अमेरिकी डलरसहित ४६ औँ स्थानमा छन् । त्यसपछि आर्सेलर मित्तल स्टीलका अध्यक्ष लक्ष्मी मित्तल(८० औँ स्थान) र एचसीएलका संस्थापक शिव नडार(८५ औँ स्था) छन् ।

पहिलो स्थानका बजोससँग १३५ अर्ब

अमेजनका संस्थापक र सीईओ जेफ बेजोस केही वर्षदेखि लगातार धनाढ्यहरुको सुचिमा शिर्ष स्थानमा छन् । बेजोजसँग कुल १३५ अर्ब अमेरिकी डलर सम्पत्ति छ ।

बेजोसको सम्पत्ति इण्डेक्समा सामेल शीर्ष नौं भारतीयहरुको सम्पत्ति बराबार छ । इण्डेक्सको दोस्रो स्थानमा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स छन् । इण्डेक्समा उनको कुल सम्पत्ति ९८.२ अर्ब अमेरिकी डलर उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप