कविता : सिर्जनाशक्ति र सत्ता
अच्युतशाली घिमिरे
सिर्जनात्मक कल्पनाद्वारा
सुन्दर प्रकाशन हुन्छ
त्यो सत्य बोल्छ
निराकार बोल्छ
निष्पक्ष बोल्छ,
यही बोलाइमा
विश्व जन्मिन्छ
दिव्य चैतन्य जन्मिन्छ
कल्पना रम्दछ
चेतनाका आभासहरू उम्लिन्छ
र जनताले यसबाट पूर्ण सङ्केतहरू पाउँछ !
तर
सत्तालाई
यी चेतनाहरू मन पर्दैन
चित्रमा ओकलिएका शब्दहरू मन पर्दैन
ध्वनिमा उल्था गरिएका देशका रूपहरू मन पर्दैन
सत्तालाई
अन्तध्र्वनि मन पर्दैन
आत्मप्रकाशन मन पर्दैन
स्रष्टाको अनुभव मन पर्दैन,
सत्ता
अँध्यारोबाट चियाउन चाहँदैन
स्वर्गको झिल्का चोर्न चाहँदैन
हर प्रहर
सत्ता
सत्य र सुन्दरताको सीमाहरू तोक्छ
ऊ नक्कल मात्र गर्छ
नवीन सपना देख्दैन
ऊ मौन सहानुभूति मात्र सहन्छ
अनन्त चिसा मनहरू बोलेको सहँदैन
सत्ताको घाम साझ पहेँलो बल्बमा
उदाउँछ र सुत्दाखेरि अस्ताउँछ
सत्ता मौलिकतालाई पक्रन्छ
र नव नव रूपहरू उब्जाउँछ
सत्ताका
दुष्परिणाममा पर्दाखेरि
आजसम्म
कति स्रष्टाले जेल नेल भोगे
देश निकालै भए त कति स्वर्गीय भए,
तर स्रष्टाको सिर्जना अमर रह्यो
त्यही सिर्जनाले
जगतमा जादूहरू ल्यायो
गरिबीको अन्वेषण गर्यो
मनुष्यमा अनन्त आह्वान जगायो
सत्ताको प्रतिपक्ष हुन मोहनी लगायो
के हिजो, के आज, के भोलि
सिर्जनाले सधैँ सत्ताको नाडी समायो !
(चिकित्सा शास्त्र अध्ययन संस्थान ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा