शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा !

शनिबार, ११ फागुन २०७५, ११ : ३७
शनिबार, ११ फागुन २०७५

धेरै रिस राख्ने हो भने मान्छेलाई रिसले सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो मानिदैन । मस्तिष्क मात्रै होइन मुटुमा रिसले असर गर्न सक्छ  ।

रिसले हाम्रो स्वास्थ्यमा के–के बेफाईदा पु¥याउँछ भन्ने कुराको बारेमा डाक्टर ओम मूर्ति अनिलले जानकारी गराएका छन् । हामीले यो सामग्री डा. मूर्तिको सामाजिक सञ्जालबाट साभार गरेका हौँ :

दुई वर्ष अगाडी अस्पतालमा कसैसँग मेरो भनाभन भयो । मलाई मन नपरेको विषयमा कुरा आएपछि मलाई रिस उठनु स्वभाविक थियो । त्यो वार्तालापमा अप्रिय शब्दहरुको प्रयोग भएको थिएन । एउटा पढेलेखेको व्यक्तिसँग हुने मनमुटाव मात्र भएको थियो । तर पनि मलाई अत्याधिक रिस उठिरहेको थियो ।

त्यो विवादपछि जब म घर आउँदै थिए, गाडी चलाउने क्रममा देब्रेछातीमा असहज महसुस हुन थाल्यो । घर आउने बित्तिकै रिसले मुटुमा कस्तो असर गर्छ भन्ने विषयमा खोजी गर्न थाले ।

यसैक्रममा मेरो नजर सन् २०१५ मा प्रकाशित एक रिसर्चमा प¥यो । त्यो रिसर्चमा ‘रिस उठेको व्यक्तिमा हृदयघात हुन सक्छ’ भनिएको थियो । 

अनुसन्धानले के देखाएको थियो भने रिसाउने व्यक्तिमा हृदयघात र मस्तिष्कघातको खतरा दुई देखि तीन  गुणासम्म बढ्दो रहेछ ।

सन् २००६ देखि २०१२ सम्म अस्ट्रेलियाको सिड्नीमा गरिएको एक अनुसन्धानमा नागरिकलाई ‘तपाईंलाई हृदयघात हुनुभन्दा २४ घण्टा पहिला रिस उठेको थियो कि थिएन ?’ भन्ने प्रश्न गरिएको थियो । २.२ प्रतिशत व्यक्तिले हृदयघात हुनुभन्दा पहिला एकदमै धेरै रिस उठेको बताए ।

अध्ययन अनुसार रिस नउठेको व्यक्तिभन्दा रिस उठेको व्यक्तिमा ८ गुणा हृदयघात खतरा हुन्छ ।  यदी तपाईंलाई अचानक धेरै रिस उठ्यो भने हृदयघातको खतरा बढी हुने अध्ययनमा भनिएको थियो । अनुसन्धानमा २९ प्रतिशत हृदयघात परिवारसँग रिस उठ्दा भएको देखिएको थियो । काम गर्ने ठाउँमा, गाढी चलाउँदा, ट्राफिकमा पर्दा रिस उठेर धेरैलाई हृदयघात भएको अनुसन्धानमा उल्लेख थियो  ।

तपाईंको मनमा ‘रिसले मात्रै कसरी हृदयघात हुन सक्छ र ?’ भन्ने प्रश्न उब्जिएको होला । रिसजस्तै हृदयघातका पनि केही कारणहरु हुन्छन् । जस्तै कसैलाई फोक्सोको संक्रमण छ । त्यही बेला कहिले काही नराम्रो लाग्यो भने कहिलेकाहीँ त्यसले स्ट्रेसको वातावरण तयार गर्छ र तपाईंलाई हृदयघात हुन सक्छ । कहिले काही औषधि खान छोडदा पनि हृदयघात हुन सक्छ ।

कसैलाई रिस उठ्दा मात्रै पनि हृदयघात हुन सक्ने सम्भावना हुन्छ । तर रिस उठ्दैमा सबैलाई हृदयघात हुन्छ भन्ने पनि छैन । मुटुसम्बन्धी रोग भएको बिरामीलाई रिस उठेको बेलामा हृदयघात हुने सम्भावना धेरै हुुन्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने बानी, उच्च क्लोस्टोर भएका व्यक्तिलाई रिस उठ्यो भने हृदयघात हुने सम्भावना बढी हुन्छ ।

तर कहिलेकाहीँ पूर्ण रुपले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुनसक्छ । यो कुरा पत्याउन गाह्रो भए पनि अनुसन्धानले रिसले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुन सक्ने प्रमाणित गरेको छ ।

रिस उठने बित्तिकै हाम्रो शरीरमा विभिन्न हर्माेनहरु उत्पादन हुन्छन् । रिस उठदा हामी आफैलाई पनि हाम्रो शरीरमा केही फरक भएको महसुस हुन्छ । पसिना आउँने, हात खुट्टा काप्ने हुन्छ, त्यो हर्माेनहरु परिवर्तनको कारणले भएको हो । हर्माेनहरुको स्तर बढ्यो भने ब्लड पेसर बढ्नुका साथै मुटुको रक्तनलीहरु साधुरो हुन्छन् । रक्तनली साघुरो बन्न साथ क्लटीङटेण्डेसी पनि बढाउँछ । त्यसपछि रिसले रक्तको प्रवाहमा समस्या आउन थाल्छ । मुटुको रक्तनलीहरुमा कोलेस्ट्रोल विभिन्न तहमा जमेर बसेको हुन्छ । हाम्रो भाषामा यसलाई प्ल्याक भन्छौँ । रिसको परिणामस्वरुप त्यो प्ल्याक रप्चर हुन्छ । रप्चर भएपछि त्यो क्लट भएर जम्न पुग्छ । यसै त रिसको कारणले क्लटिङटेण्डेसी बढेको हुन्छ । क्लट बने पछि मुटुको रक्तनली बन्द हुन्छ र हृदयघात हुन्छ ।

सबै व्यक्तिमा कोलेस्ट्रोर लेयर मुटुमा हुन्छ । यो फुट्न समय लाग्दैन । एउटा सानो घटना, एउटा नकरात्मक निर्णय र एउटा नकरात्मक कार्यक्रम अर्थात रिसले तपाईंको जिन्दगी बर्बाद हुनसक्छ ।

कहिलेकाहीँ हामी परिवारका सदस्यनै हृदयघातको कारण बन्नसक्छौँ ।

त्यसैले हामी कसैको पनि हृदयघातको कारण नबनौँ । व्यक्ति आफैले पनि रिसले आफैलाई नोक्सान पु¥याउँछ भन्ने कुराको बारेमा पनि जानकारी राख्न जरुरी हुन्छ । सकेसम्मे रिसलाई धेरै नियन्त्रण गर्ने प्रयास गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप