केन्द्रीय संस्करण

इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्प

person explore access_timeफागुन १०, २०७५ chat_bubble_outline0

 

किटो– इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ ।  भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन् । 

भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ । 

दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको 
विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भगर्व विज्ञान अध्ययन संस्थाले जनाएको छ । 

‘अहिलेसम्म भूकम्पका कारण कसैको ज्यान गुमेको वा ठूलो भौतिक क्षति भएका खबर छैनन् तर कतिपय घरका झ्यालहरू फुटेका छन्,’ माकास शहरका प्रमुख तार्किसियो ओजेदाले बताए । 

भूकम्पपछि सरकारले सबै आपतकालिन उद्धार समूहहरूलाई उद्धारका लागि सक्रिय बनाइएको उनले बताए ।  भूकम्पपछि कारण सुनामी आउने सम्भावनाबारे केही बताइएको छैन । 

सन् २०१६ मा इक्वेडरको पश्चिमी प्रान्तहरू मानावी र इस्मेराल्डासमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ६७३ जनाको मृत्यु भएको थियो भने तीन अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो । –एएफपी

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ