बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोदी शासनमा गोरक्षाको नाममा असुरक्षितः गोरक्षकहरुद्वारा तीन वर्षमा ४४ को हत्या, अधिकांश मुस्लिम

शुक्रबार, १० फागुन २०७५, १७ : ४९
शुक्रबार, १० फागुन २०७५

एजेन्सी । भारतमा पछिल्लो तीन वर्षमा लगभग ४४ मानिसहरुको गोरक्षाको नाममा हत्या गरिएको रिपोर्ट आएको छ ।

अन्तर्राष्ट्रिय संगठन ‘ह्युमन राइट्स वाच’ को रिपोर्टले यो संख्या उजागर गरेको हो । रिपोर्ट अनुसार हत्यामा संलग्न धेरै जसो गोरक्षकहरुले मोदी प्रशासन र हिन्दूत्वावादी नेताहरुबाट संरक्षण पाउने गरेका छन् ।

यो हप्ता ह्युमन राइट्स वाचले जारी गरेको १०४ पृष्ठको रिपोर्टमा हिन्दू राष्ट्रवादी समूहद्वारा हमलाहरुको जाँच गरिएको छ । यसमा गोरक्षकहरुद्वारा मारिएका ४४ मध्ये ३६ मुसलमान रहेको उल्लेख छ । 

न्यूयोर्क स्थित संगठनको रिपोर्ट अनुसार सन् २०१५ मेदेखि सन् २०१९ डिसेम्बरबीच १०० गोरक्षकहरुको हमला भयो । यी घटनामा लगभग २८० मानिसहरु घाइते भए । तथापी रिपोर्टमा त्यस अघि भएका घटनाको तथ्याङ्क छैन ।

ह्युमन राइट्स वाचले भनेको छ, “प्रधानमन्त्री मोदीको हिन्दूवादी विचारधारा बोक्ने पार्टी भाजपा गोरक्षाको समर्थन गर्छ । भारतको हिन्दू बहुसंखयकहरुको लागि गाई पवित्र जीव हो । तर भाजपाका नेताहरुले भाषणहरुमा मतदातालाई प्रभावित पार्न मुसलमानहरुविरुद्ध सम्प्रदायिक भावना प्रसार गरे । गाईको मासुको प्रयोग यो समुदायको लागि संवेदनशील भएकाले उनीहरुलाई आफूहरु गाईरक्षाको पक्षमा रहेको बताएर उनीहरुलाई साम्प्रदायिक बनायो ।”

प्रधानमन्त्री मोदीले यस अघि गोरक्षाको आडमा भइरहेको हिंसाको निन्दा गरेका थिए । उनले विभिन्न समयमा गोरक्षाको नाममा मानिसहरुको हत्या स्वीकार्य नहुने बताउने गरेका छन् । 

रिपोर्टबारे बोल्दै बुधबार भाजपा प्रवक्ता जीवीएल नरसिम्हा रावले प्रधानमन्त्रीले यस्ता तत्वहरुलाई अपराधीभन्दा कम नभनेको र राज्य सरकारहलाई सबै प्रकारका हिंसा विरुद्ध कारबाही गर्न अपील गरेको बताए ।

उनले विपक्षी कांग्रेस पार्टीको सरकारको बेला पनि गाईसँग सम्बन्धित हिंसा भएको तर अन्तर्राष्ट्रिय मिडिया र संगठनहरुलाई भाजपालाई मात्र जिम्मेबार ठहर्यााउन मजा आउने बताए ।

यो रिपोर्टले ग्रामिण अर्थव्यवस्थामा यी तथाकथित गोरक्षकहरुको प्रभावलाई पनि उजागर गरिदिन्छ । लोकसभा चुनावभन्दा अघि हिन्दू र मुसलमानहरुबीच धार्मिक तनाव वृद्धि हुने अनुमान गरिएको छ ।

रिपोर्टमा अगाडि भारतमा मुसलमान डेरी किसानहरुमाथि घातक हमला भएको कुराहरु छ । उनीहरुमाथि गाईको मासु खाएको आशंका भरमै आक्रमण भएका खबर मिडियामा लगातार आइरहेका छन् ।

ह्युमन राइट्स वाचको रिपोर्ट कथित गोरक्षक समुहहरुसँग जोडिएका हत्याबारे पहिलो विस्तृत सर्वेक्षणहरुमध्य एक हो । भारतको आधिकारिक अपराध तथ्याकंमा गाईसँग जोडिएको हत्यालाई अलग स्थान दिइएको छैन ।

रिपोर्टमा तथाकथित गोरक्षकहरुको हिंसाले भारतको ग्रामिण अर्थव्यवस्थालाई नै प्रभावित बनाएको उल्लेख छ । यसको कारण कयैन हिन्दूहरु पनि आघात परेका छन् । भारतमा आजकल किसानहरु आफ्ना वस्तुभाउ वसारपसार गर्न अथवा किनबेच गर्न डराउन थालेका छन् । यसका कारण भारतको पशुपालन उद्योगनै प्रभावित भएको अवस्था आइपरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप