मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

थापा र पौडेलले काम गर्न दिएनन् : योगेश भट्टराई

शुक्रबार, १० फागुन २०७५, १७ : ४६
शुक्रबार, १० फागुन २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् ।
पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्धारा गठित कार्य दलका सदस्य समेत रहेका नेता भट्टराईले सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाएका हुन् । 

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धि निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सके÷नसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप समेत लगाए ।

 शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको तर्क पनि गरे । उनले सो कार्य दललाई कार्य दलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप पनि लगाए । 

नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको दावी पनि गरे । गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप