५ नम्बर प्रदेशमा सडक सुरक्षा सुझाव समिति गठन
बुटवल– ५ नम्बर प्रदेश सरकारले सडक सुरक्षा सुझाव समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिले सडकको सुरक्षाका विषयमा अध्यायन, अनुसन्धानसहितको सुझाव प्रतिवेदन बुझाउने छ ।
समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पुर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहनेछन् ।
प्रदेश नम्बर ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले समितिलाई दुई महिनामा सुझाव पेश गर्न निर्देशन दिएको जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले दुईवटा पालिकाको केन्द्र परिर्वतनका लागि आएको प्रस्ताव संघीय सरकारसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नम्बर ४ जुम्ले कुलामा सार्ने प्रस्ताव आएको थियो । यस्तै बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ को बाबाकुटीमा सार्न गाउँपालिकाले प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले प्रदेश सांसद उत्तरकुमार वलीको शोक प्रस्ताव पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता