बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनमोल र प्रदीपसँग रोमान्स गर्न मन छ– अभिनेत्री अप्सना

शुक्रबार, १० फागुन २०७५, १७ : २२
शुक्रबार, १० फागुन २०७५

अप्सना थापाले अभिनय गरेको थुप्रै फिल्म त प्रदर्शनमा आएको छैनन् । तर पनि धेरैको नोटिसमा उनी पर्न सफल छिन् । आजबाट प्रदर्शनमा आएको फिल्म ‘रुमालै छ चिनो’को कारणले उनी सबैतिर नोटिसमा पर्न सफल भएकी हुन् ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा बनेको यो फिल्मको उनी सोलो हिरोइन हुन् । सायद त्यसैको कारण पनि पछिल्लो समय उनी चर्चामा छिन् ।

करिब ७० जति म्युजिक भिडियो र ‘चोखो माया’ फिल्ममा काम गरेकी उनी ‘रुमालै छ चिनो’ डेब्यु भन्न रुचाउँछिन् । ‘यसै फिल्मबाट सबैतिर चिनिएकाले यसलाई डेब्यु भनेकी हुँ’, उनले भनिन् ।

श्रीमती र प्रेमिका छोडेर युद्ध लड्न जाने एक योद्धाको कथा भन्ने फिल्म निर्देशक ठकुरीले निर्देशन गरेका हुन् । फिल्ममा उनले अभिनेता सुशान्त कार्कीसँग रोमान्स गरेकी छन् । फिल्मको प्रदर्शनपछि आफ्नो अभिनय करियर उँभो लाग्नेमा उनी विस्वस्त छिन् । यिनै अभिनेत्री अप्सनासँग रातोपाटीको दस प्रश्न ।

‘रुमलै छ चिनोमा’ कस्तो भूमिकामा देख्न सकिन्छ ?

– फिल्ममा लाहुरेको छोरीको भूमिका मैले निर्वाह गरेकी छु । मेरो भूमिका एकदमै राम्रो छ । फिल्मको प्रदर्शनपछि मेरो करियर पनि उँभो लाग्छ । म ढुक्क छु ।

फिटनेस गर्नुहुन्छ ?

– म नियमित जिम जान्छु । फिल्मको प्रचार प्रसारले गर्र्दा केही समयदेखि जान पाएकी छैन । पर्फेक्ट शरीरका लागि फिटनेस आवश्यक छ भन्नेमा म सचेत छु ।

फेसनतिर रुचि ?

–फेसनमा रुचि नहुने त कुरै भएन नि । सबैखालका पहिरन मनपर्छ । आफूले धेरै लगाउने पहिरन गाउन टाइपका हुन् । राम्री भने गाउन र सारीमा देखिन्छु ।

फुर्सदको समय ?

–धरै इन्टरनेटमा रमाउँछु । केही समय समाजसेवामा पनि दिनेगरेकी छु । किताब पनि पढ्छु ।

मनपर्ने खाना ?

– चिकेन सिजरल धेरै मनपर्छ ।

सपना ?

– फिल्म अभिनयमा आएकी छु । हिट तथा भर्सनटायल अभिनेत्री बन्ने सपना छ ।

प्रेम त पक्कै होला ?

– छैन, छैन अहिलेसम्म । अफर त आइरहेका छन् । अफर आए जति स्वीकार्न पनि सकिन्न नि । 

मनपर्ने केटा ?

– विचार मिल्ने, अरूलाई बुझ्ने, समझदार, माया गर्न जान्ने, हौलसाल र प्रेरणाले सधैँ अगाडि बढ्न प्रोत्सान गर्ने खालको केटा मनपर्छ ।

तपाईं कस्तो स्वभावकी केटी ?

– म एकदमै फ्र्याङ्क छु ।

पर्दामा रोमान्स गर्न मन लागेका हिरो ?

– अनमोल केसी र प्रदीप खड्कासँग पर्दामा रोमान्स गर्न मन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप