शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केसी–थापा जुहारी : आफू पनि अनसन बस्ने थापाको घोषणा

शुक्रबार, १० फागुन २०७५, १७ : ११
शुक्रबार, १० फागुन २०७५

डा गोविन्द केसी विरुद्ध अनसन बस्दै आएका विजय थापाले केसी  फेरि अनसन बसे आफुपनि बस्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी थापाले यस्तो घोषणा गरेका हुन् । ‘डा. केसी जहाँ अनसन बस्छन् म पनि त्यहि बस्छु,’ थापाले भने । यसअघि थापा केसीको १६ औं अनसनलाई चुनौति दिँदै अनसन बसेका थिए । केही दिनअघि डा. गोविन्द केसीले फेरि अनसन बस्ने बताएका थिए ।

त्यस्तै थापाले अष्ट्रेलियमा अलपत्र परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरुको उद्दार गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनले अलपत्र विद्याथीहरुको उद्दार गर्न दवाव दिने उद्देश्यले शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्ने जानकारी समेत दिएका छन् । 

विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै बुधबार मात्र डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका थिए ।

फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी (विज्ञप्तिसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप