शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काश्मिर घटनापछि पाकिस्तानी प्रधानमन्त्री खानको कडा कदम: दुई संगठनमाथि प्रतिबन्ध

शुक्रबार, १० फागुन २०७५, १७ : ०९
शुक्रबार, १० फागुन २०७५

इस्लामावाद– पाकिस्तान सरकारले यहाँका दुइओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ ।  ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखिसकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । 

भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको छ ।  ती संस्थामाथि यसअघि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको तर बीचमा फुकुवा गरेको थियो । भारत प्रशासित काश्मिरमा हालैमात्र भएको आतंककारी हमलापछि बिहीबार पुनः ती संस्थामाथि प्रतिबन्ध लगाइएको हो । 

पाकिस्तान सरकारका सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि बिहीबार ती संस्थामाथि प्रतिबन्ध लगाइने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।  पाकिस्तान सरकारका उच्च सैन्य तथा प्रहरी अधिकारीहरुको सहभागितामा सो निर्णय भएको पाकिस्तान सरकारले जनाएको छ । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार राष्ट्रिय सुरक्षा अंगका प्रमुखहरुसँग बैठक र परामर्श गरेर ती दुइओटा संगठनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको बताइएको छ ।  जमात उद दवा र फलाह–ए–इन्सानियत नामका ती संगठनमाथि प्रतिबन्ध लगाइएको हो । ती दुई पाकिस्तानी संगठनको लस्कर–ए–तोइबा नामक आतंककारी संगठनसँग सम्बन्ध रही आएको पाइएको जानकारी यसअघि नै संयुक्त राष्ट्रसंघले जनाएको थियो । 

पाकिस्तानी लस्कर–ए–तोइबा नामक आतंककारी संगठनले भारत प्रशासित काश्मिरमा आतंककारी क्रियाकलाप गर्दै आएको छ ।  हालैमात्र त्यहाँ आक्रमण गरेर भारतीय सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान लिने काममा पनि सो संगठनको नाम आएको छ । 

उक्त संगठनले पनि पाकिस्तान तथा भारतीय काश्मिरी क्षेत्रमा हिंसात्मक हमलाहरु गर्दै आएको छ । उक्त संगठनका कारण भारतीय पक्षमा हिंसा भड्काउने गरिएको भारतले बताउने गरेको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप