शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाउने सरकारको नियत होइन’

शुक्रबार, १० फागुन २०७५, १६ : ४५
शुक्रबार, १० फागुन २०७५

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पूर्वाग्रहपूर्ण ढंग सूचना प्रविधि सम्बन्धी विधेयकको विरोध नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले सूचना प्रविधिको सबैभन्दा बढी सदुपयोग गर्दै समग्र सूचना प्रविधिलाई व्यवस्थित पार्न विधेयक ल्याएको स्पष्ट पारे । उनले संसार भरी नै साईबर बुलिङ गर्न नपाईने भन्दै सरकारले सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाउने नियत अनुसार विधेयक नल्याएको स्पष्ट पारे ।

स्वतन्त्रताको प्रयोग गर्दा मर्यादाको सीमा नाघ्न नहुने भन्दै उनले दम्भ र अधिनायकसँग जोडेर विधेयकलाई हेर्न नहुने बताए । उनले विधेयकको सन्र्दभमा तत्कालिन राजाको प्रसङ्ग उठाइएकोमा पनि गम्भीर असहमति जनाए । उनले सबै नेपालीको योगदानबाट अहिलेको अवस्था हासिल भएको स्पष्ट पारे । उनले भने “स्वतन्त्रताको स्वाद र त्यसको महत्वको निम्ति हामी आफै नेपाली जनताहरु संलग्न भएको हो । यो कसैको वेपत्ताको योगदान र कसैको वेमतलबको परिणाम लोकतान्त्रिक गणतन्त्र होइन । यो साझा सपनाको र संकल्पको एउटा ठोस उपलब्धि हो ।”

सामाजिक सञ्जालमा बेलायत र अमेरिकामा पनि कडा सजायको व्यवस्था रहेको भन्दै उनले पुर्वाग्रहपूर्ण ढंगले विधेयकलाई नहेर्न आग्रह गरे ।

साइबर सुरक्षाको विषय राष्ट्रिय सुरक्षाको विषय भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ व्यवस्थित गर्न स्पष्ट ऐन बनाउन खोजेको उनले स्पष्ट पारे । विचार व्यक्त गर्नु र गाली गर्नु फरक विषय भएको भन्दै उनले सत्तामाथिको नियन्त्रणको हिसाबमा विधेयकलाई नबुझ्न आग्रह गरे ।

सूचना प्रविधि विधेयकमा कांग्रेस सांसदको विरोध : गगनले सम्झाए ज्ञानेन्द्रको प्रसङ्ग 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप