शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने

शुक्रबार, १० फागुन २०७५, १६ : ३४
शुक्रबार, १० फागुन २०७५

काठमाडौं– नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले सो बडापत्रमा टयांकरले पम्पहरुमा र पम्पबाट नागरिकहरुले कति समयमा पेट्रोलियम पदार्थ पाईसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिमनै तयारी पारि कामलाई अघि बढाइएको पनि बताए । 

पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न नसकेको पनि स्मरण गराए । शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकारले जारी गरेको निगमसम्बन्धि नागरिक बडा पत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडा पत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट पारे । आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढि पम्पहरुमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप