विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने तयारी
काठमाडौं– सरकारले स्थानीय तहमा सञ्चालित रेडियो तथा छापा सञ्चारमाध्यामहरुले प्रशारण गर्ने विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने तयारी गरेको छ । संघीय संसदको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु गरिएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा स्थानीय तहमा सञ्चालित रेडियो तथा छापा सञ्चार माध्यामहरुले प्रशारण गर्ने विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाईनै दिने प्रस्ताव गरिएको हो ।
बिजुलीको पोलमा होर्डिङ बोर्ड राख्न जानेहरु आफै करेन्ट लागेर ज्यान जान सक्ने अवस्थासमेत आएकाले त्यस्ता विज्ञापनको नियमन गरी उचित व्यवस्था गर्ने अधिकार स्थानीय तहलाई नै दिने गरी कानुनी व्यवस्था गर्न लागिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । शुक्रबार समितिको बैठकमा बोल्दै उहाँले सो विधेयकमा मानव स्वास्थ्य प्रतिकूलको विज्ञापन उत्पादन गर्ने कम्पनीमाथि कडा कार्वाही गर्ने प्रावधान पनि राखिएको बताए ।
विधेयकमा विदेशी टेलिभिजन च्यानलहरुले निषेधित क्षेत्रमा विज्ञापन गरेमा,मञ्जुरी नलिई इमेल वा एसएमसबाट विज्ञापन गरेमा कार्वाही गर्ने पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेश सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै