शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट संसारले समावेशीताको पाठ सिक्नुपर्छ: बेलायती मन्त्री बर्ड

शुक्रबार, १० फागुन २०७५, १५ : ५१
शुक्रबार, १० फागुन २०७५

काठमाडौं– बेलायत स्थित हाउस अफ लर्डस्का सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकासका बारेमा चासो देखाएका छन् । 

नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बेलायत पुगेका अर्थमन्त्री युवराज खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनासकारी भूकम्पपछिको पुर्ननिर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरेका हुन् ।

जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको स्पष्ट पारे । संसदमा ९० प्रतिशत भन्दा बढि सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको स्पष्ट पारे ।

नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाईभन्दा बढी प्रतिनिधित्व भएको उनले बताए । भेटमा लर्डले नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने बताएका थिए ।

भेटमा लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभव समेत सुनाए । भेटमा वेडले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री खतिवडाले पुर्ननिर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य तिव्र रुपमा अघि बढेको जानकारी दिए । मन्त्री खतिवडाले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । 

भेटमा खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा व्यक्त गरे । मन्त्री खतिवडाले मन्त्री वेर्डमार्फत नेपाल भ्रमणका लागि बेलायत सरकारलाई औपचारिक निमन्त्रणा समेत दिएका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप