शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘वाइडबडी’ पछि ‘न्यारोबडी’मा भ्रष्टाचार: डेढ अर्ब घोटाला आशंकामा टेण्डर रोक्न निर्देशन

शुक्रबार, १० फागुन २०७५, १५ : ४८
शुक्रबार, १० फागुन २०७५

काठमाडौंँ– संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको ‘न्यारोबडी’ विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ । 

सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १ अर्ब ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने देखिएकाले तत्काल सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको सो ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अर्ब ५३ करोड घुस लिएर नयाँ प्रक्रिया सुरु गरेको समितिको आशंका छ । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुन सम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नुपरेको जवाफ दिएका थिए । 

बैठकमा समितिका सदस्यहरुले नेपाल वायु सेवा निगमले सो टेन्डर आह्वान प्रक्रिया अघि बढाए सैह्य नहुने चेतावनी दिएका थिए । सांसद प्रेमकुमार आलेले निगमले फेरि सो टेन्डर आह्वान प्रक्रिया अघि बढाएर भ्रष्टाचार गर्न खोजेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए । 

समितिका अर्का सदस्य लेखराज भट्टले सो टेन्डर आह्वान प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढनुपर्ने आवश्यक्ता औंल्याए । निगमले दुईवटा वाईडबडी विमान खरिद गर्दा ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको निष्कर्ष समितिले यसअघि नै निकालेपछि छानविन प्रक्रिया जारी छ ।

करिब एक महिनामा लामो समय वाइडबडी विमानमा भएको अनियमितताको अध्यययनमा बिताएको सार्वजनिक लेखासमितिले पछिल्लो पटक न्यारो बडी विमानका विषयमा बहस थालेको हो । समितिमा परेको उजुरी आधारमा शुक्रबार लेखा समितिले न्यारोबडी ‘ए’ ३३० को टेण्डर रद्द गरिएको र नयाँ टेन्डर मागको साथै ए ३२० को टेण्डर स्विकारको विषयमा छलफल गरेको हो ।

 लेखासमिति सदस्यहरुले सोधेको प्रश्नको स्पष्ट जवाफ नदिएपछि शुक्रबार मात्रै ‘ए’ ३३० विमानको मर्मतसम्भारको टेण्डरमा परेको सूचना खोल्न लेखा समितिले रोक लगाएको हो ।  ‘समितिबाट अर्को निर्णय नभएसम्म सूचना नखोल्न निर्देशन गरिन्छ’ बैठकपछि समिति सभापति भरतकुमार शाहले भने । निगमले ३३० का मर्मतका लागि पहिलो टेण्डर रद्द गरेर दोस्रोपटक टेण्डर गरेको थियो । 

पहिले मर्मत सम्भार र लिजमा इन्जिन ल्याउने टेण्डर एकै शीर्षकमा गरेकोमा त्यो टेण्डर रद्द गरेर छुट्टाछुट्टै टेण्डर प्रकिया अघि बढाएको वायुसेवा निगमका अध्यक्ष मदन खरेलले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप