शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका नटवरलाल : ठगी मुद्दामा जेलबाट निस्केको एक महिनामै ‘नक्कली इञ्जिनियर’ बनेर ठगी

शुक्रबार, १० फागुन २०७५, १५ : २१
शुक्रबार, १० फागुन २०७५

नक्कली इञ्जिनियर बनेर ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ आँपचौरका २८ बर्षिय महेन्द्र सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सुनार ठगी मुद्दाको जेल सजाय बिताएर कारागारबाट एक महिना अगाडि निस्किएका थिए ।

उनले आफू ‘पुनर्निर्माण प्राधिकरणको इञ्जिनियर हुँ । भूकम्प पिडितहरुका घरहरु मुल्याङकन गर्न आएको हुँ’ भन्दै स्थानीय भट्टराई होटलमा बस्दै आएका थिए । त्यस्तै, स्थानीय एक व्यक्तिको गाडी भाडामा लिएर हिँड्ने गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार सुनारबिरुद्ध मुद्धा दर्ता गरेर कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

सुनारले १० वर्ष अगाडि बडागाउँमा एक व्यक्तिको गोठमा बाँधेको भैसी राती चोरी गरी काटेर बेचेका थिए । त्यस चोरी मुद्धामा उनले डेढ बर्ष जेल सजाय पुरा गरी निस्केका थिए ।

जेलबाट निस्केको केहि समय पछि नै वामीटक्सार बजारमा ‘मोवाइल पसल खोल्ने साहु हुँ,’ भन्दै धेरै जनासँग ठगी गरे पछि त्यहाँका वजारवासीले बाँधेर कालोमोसो दलेर बजार परिक्रममा गराउँदै प्रहरीलाई बुझाएका थिए ।

उक्त मुद्दामा उनी पुनः जेल चलान भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप