शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘फिङ्गर प्रिन्ट’, ‘रुमालै छ चिनो’ र ‘ब्वाइफ्रेण्ड’ बीच प्रतिस्पर्धा

शुक्रबार, १० फागुन २०७५, ११ : १६
शुक्रबार, १० फागुन २०७५

पछिल्लो समय फिल्मले व्यवसाय गर्न नसकेपनि प्रदर्शनको तीव्रता भने रोकिएको छैन । सायद त्यसैले पनि होला हरेक साता दुई वा सोभन्दा बढी संख्याका फिल्म प्रदर्शनमा आउने गरेको छन् ।

यस्तैमा आज शुक्रबारबाट पनि तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । देशभर एकअर्काेसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएका तीन फिल्म हुन् ‘फिङ्गर प्रिन्ट’, ‘रुमालै छ चिनो’ र ‘ब्वाइफ्रेण्ड’ । यी सबै फिल्मको कथाबस्तु तथा कलाकार भने बेग्ला बेग्लै छन् ।

‘फिङ्गर प्रिन्ट’

नवीन निरौला निर्देशीत सस्पेन्स थ्रिलर फिल्म ‘फिङ्गर प्रिन्ट’ मेडिकल साइन्सको बिषयमा केन्द्रित छ ।

कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन)ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल,सुवास कार्की,जेसिका भुसाल लगायतका कलाकारले अभिनय रहेको छ ।

आरआर फिल्मस्ले वितरण गरेको ‘फिङ्गर प्रिन्ट’मा कविराज गहतराजको कोरियोग्राफी छ ।

‘रुमालै छ चिनो’

फिल्म ‘रुमालै छ चिनो’ नेपाली लाउरेको कथामा बनेको फिल्म हो । फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ  लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योती फिल्मसको ब्यानरमा बनेको फिल्ममा चन्द्र ब खड्का, दिपक ढकाल र राम पाण्डेको सयुक्त लगानी र दिनेश सिंह ठकुरीको निर्देशन रहेको छ ।

‘ब्वाइफ्रेण्ड’

बुढाथोकी फिल्मस् प्रोडक्शन प्रा.लिको ब्यानरमा निर्मित ‘ब्वाइफ्रेण्ड’ मदन घिमिरेले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता सूर्य बुढाथोकी र कृष्ण खनाल निर्माता रहेको फिल्ममा सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेमकथामा बनेको शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, पुनम राईको नृत्य रहेको फिल्ममा निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठ रेहका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप