नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो
काठमाडौं–सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् ।
‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले संवाददाहरुसँग भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए ।
सार्वजनिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिरियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । घसुसम्बन्धी भिडियो सार्जजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा