मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

बिहीबार, ०९ फागुन २०७५, २० : ५७
बिहीबार, ०९ फागुन २०७५

पेरिस । फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । 

फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लु र यसबाट परेका समस्याबारे तयार साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख गरिएको छ । 

रिपोर्ट अनुसार फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको र उपचार तथा सल्लाहका लागि अस्पताल पुगेका थिए भने उनीहरूमध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् । 

भर्ना भएकामा पनि अधिकांश ७५ बर्षमाथि वा १५ बर्षमुनिका विरामी रहेका रिपोर्टमा छ । 

यद्यपि विरामीको सङ्ख्या तथा विरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुबै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ । 

फ्रान्समा अघिल्लो हप्ता सम्भवत सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटु’ को सङ्क्रमण देखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप