मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो आयो फिल्म ‘कागजपत्र’को ट्रेलर

बिहीबार, ०९ फागुन २०७५, १९ : ५५
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं – फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । नक्कली कागजपत्र बनाएर वा आफन्तसँग नक्कली बिवाह गरेर अष्ट्रेलिया जानेहरुको कथामा बनेको यो फिल्मको ट्रेलरमा  कमेडीले प्रथामिकता पाएको छ ।

ट्रेलरमा अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्केको प्रेम पनि देख्न सकिन्छ । ट्रेलरमा दुई अर्थ लाग्ने शब्द समेत धेरै छन् । 

८ चैतबाट प्रदर्शनमा आउने अपिल विष्ट निर्देशक रहेको फिल्मका निर्माता खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटी हुन् । फिल्ममा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मी लगायतका कलाकारको पनि अभिनय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप