मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा एस्कर्टस्को ‘हैद्रा १५ ४पी’ क्रेनको सफ्ट लन्च

बिहीबार, ०९ फागुन २०७५, १९ : ३७
बिहीबार, ०९ फागुन २०७५

बुटवल –आइएमई अटोमोटिभ्स एस्कर्टस्को हैद्रा १५ ४पी क्रेनको सफ्ट लन्च बुटवलबाट गरेको छ ।

हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित ‘हैद्रा १५ ४पी’ क्रेनको नेपालमा बिक्रि वितरणको सुरुवात बुटवल अवस्थित कालिकानगरबाट भएको छ ।

कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन रुपन्देहीका प्रेसिडेन्ट मोहन लाल जोशीले एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि आफ्नो साथ र सहयोग लामो समय सम्म रहने बताए । उनले विकास गतिविधीमा आएको वृद्घि संगै भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहने बताए ।

हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको ‘हैद्रा १५ ४पी’ बजारमा ल्याएको हो ।

जसमा क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९/५ एचपीको इन्जिन, ५ सय घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई, १।९ केएमपीएसको स्पिड, ८एफ २आरको गीचर बक्स सहितको विशेषता रहेको कम्पनीले जनाएको छ । 

यो कृषि सम्वद्घ उत्पादनहरु जस्तै ट्रेकटर, निर्माण र सामाग्री हैंडलिंग उपकरणहरु, रेलवे उपकरणहरु र अटोमोवाइल पार्टसह्ररुको उत्पादन गर्दै आईरहेको छ । १९७१ मा गठित यो कम्पनी भारतको फरीदाबादमा अवस्थित सबैभन्दा ठूलो इन्जिनियरिङ्ग कम्पनीहरु मध्यको एक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप