शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बी’ डिभिजन लिग: ब्वाईजलाई नयाँबस्तीको धक्का

बिहीबार, ०९ फागुन २०७५, १८ : ४७
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहिबार नयाँबस्ती युवा क्लबले ब्वाईज युनियन क्लबलाई २–० गोलले हराएको छ । एन्फा कम्प्लेक्स सातदोवाटो मैदानमा भएको खेलमा नयाँबस्तीको जितमा साजन राईले २२औं र शशीकुमार चौधरीले ६५ औं मिनेटमा गोल गरेका थिए ।

बिहिबारनै भएको अर्को खेलमा बाँसबारी र श्रीभगवती क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।  श्रीभगवतीका लागि आश बहादुर भण्डारीले ११औं र कार्लोस बखरियाले ३३औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा सशक्त देखिएको बाँसबारीका लागि महेन्द्र कार्कीले ६७ औं र दिनेश कार्कीले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा सकेका थिए ।  राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘बी’ डिभिजनका १२ क्लबले भाग लिएका छन् ।

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप