बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकका तिन शाखा एकै साथ संचालनमा

बिहीबार, ०९ फागुन २०७५, १८ : ४५
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कास्की जिल्लाको अमरसिङ चोक, जिरो कि.मी तथा लामाचौर गरी आफ्ना तिन शाखा कार्यालय विस्तार गरेको छ ।

अमरसिङ शाखाको उद्घाटन गर्दै प्रदेश नं ४ का प्रदेश सभा सांसद मन बहादुर गुरुङले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना दिए ।

जिरो कि.मी शाखाको उद्घाटन गर्दै आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए ।

त्यसैगरी, लामाचौर शाखाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडरसीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवीहरुले बैंकको सफलताको शुभकामना दिए ।

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले विकास निर्माणका कार्यहरुमा बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए ।

बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप