बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुवै हात गुमाएकी मेघालाई प्रदीप र जसिताको सहयोग

बिहीबार, ०९ फागुन २०७५, १८ : ३४
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं – पछिल्लो समय फिल्म युनिट तथा त्यसका कलाकारलाई सामाजिक काममा पनि देख्न सकिन्छ । यस्तैमा फिल्म ‘लभ स्टेशन’ युनिटले पनि आफूलाई सामाजिक काममा अगाडि देखाएको छ ।

फिल्म टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार उनकै डेर भक्तपुरमा गएर १ लाख रुपैयाँ सहयोग गरेको हो । फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्कीसहितको टोलीले मेघालाई उक्त रकम सहयोग गरेको हो । 

दुवै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको खाँचो रहेको थाहा पाएपछि हामीले  फिल्मको तर्फबाट १ लाख दिएको निर्माता गोविन्द शाहीले बताए । उनले  प्रिय कलाकारहरुले दर्शकका लागि सहयोग गर्दा आपसी सम्बन्ध अझ निकट हुने बताए ।

कार्यक्रममा कलाकार शिशिर भण्डारीले जम्मा गरेको रकम ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरेका थिए । ‘हाम्रो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्नेछ’ अभिनेता प्रदीपले भने । आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफूमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् । 

लभ स्टेशन प्रेमकथामा आधारित सामाजिक फिल्म हो । यसलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविर विक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप