शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवेकशील साझाले भन्यो, ‘अष्ट्रेलियामा नेपाली विद्यार्थी बिचल्ली पार्नेलाई कारवाही होस्’

बिहीबार, ०९ फागुन २०७५, १३ : ०३
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– विवेकशील साझा पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलिमयाका कलेजमा पठाइएका १२०० नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट गर्दै सरकारसँग छानिवन गर्न माग गरेको छ । 

सो पाटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिचल्ली भएका विद्यार्थीहरुलाई तत्काल उद्धार गर्न तथा अष्ट्रेलियन सरकारसँगको समन्वयमा उनीहरुको अध्ययनका लागि प्रवन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । 

सो पाटीले अष्ट्रेलियास्थित गैर आवासीय नेपाली सङ्गठन लगायतका नेपाली सामाजिक संघसंस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । 

‘विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ । एकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप