शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा टिप्स : विषयगत प्रश्नोत्तर

बिहीबार, ०९ फागुन २०७५, १२ : ०६
बिहीबार, ०९ फागुन २०७५

१. माथिल्लो त्रिशुली ‘थ्री बी’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

- ३७ मेगावाट । 

– २०७५ साल, माघ २७ गते नुवाकोटको किस्पाङ गाँउपालिकाको पैरबेंसीमा आयोजनाको शिलान्यास गरिएको थियो । 

– नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको सो आयोजना २०७७ साल, फागुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले हाल निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ‘थ्री ए’ को “क्यास्केड आयोजना” हो । क्यास्केड भएकाले माथिल्लो त्रिशुली ‘थ्री बी’ ले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने हुन्छ । 

२. नेपालमा पानीजहाज कार्यालयको स्थापना कहिले गरिएको हो ?

 २०७५ साल, फागुन २ गते । 

– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको स्थापना गरिएको छ ।

– भूपरिवेष्ठित राष्ट्र भएपनि जलमार्गमा जोडिनसक्ने प्रयासको थालनी भएको कार्यालय स्थापनाले सन्देश दिएको छ । साथै पानीजहाज सञ्चालनसँगै नेपाल अन्तर्राष्ट्रिय जल पारवहन सञ्जालमा पनि जोडिने छ ।

– जलमार्गमार्फत् सामान ढुवानी गर्दा समय र लागत कम लाग्ने, अन्तर्राष्ट्रिय जगतसँग सहज पहुँचसँगै तराईका समथर भू–भाग हुँदै बग्ने जलस्रोतको सदुपयोगका लागि पनि पानीजहाज सञ्चालन उपयोगी हुने छ ।

– “इनल्यान्ड वाटर वे” अध्ययन समितिको प्रतिवेदनअनुसार कोशी र नारायणी नदीमा आवश्यक पूर्वाधार पूरा गरी एक वर्षभित्र मालबाहक पानीजहाज सञ्चालन गर्न सकिने छ । नेपालमा जलपारवहन भारतले कोशी, नारायणी र कर्णाली नदीमा आफ्नोतर्फ विकास गर्ने जल पारवहनका पूर्वाधार विकासमा निर्भर रहने छ अर्थात् भारतले नदीमा कति गहिराइ कायम गर्ने गरी पूर्वाधार निर्माण गर्छ, त्यस आधारमा नेपाल आउने पानीजहाजको आकार तय गरिने छ ।

– तीन मिटर गहिराइ र ६० मिटर चौडाइको नदीमा १५ सय मेट्रिकटन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल  आउन सक्ने प्रारम्भिक अनुमान छ ।

– २०७५ साल, पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको नेतृìव रहने गरी नेपाल पानीजहाज कार्यालय गठनको निर्णय गरेको थियो ।

३. ‘जनताको जलविद्युत् कार्यक्रम’ नामक अभियानको शुभारम्भ कहिले गरिएको हो ?

- २०७५ साल, फागुन २ गते । 

– ‘नेपालको पानी जनताको लगानी,’ ‘हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

– जलस्रोतमा धनी देशका जनतालाई जलविद्युत्को शेयरधनी बनाउने उद्देश्यका साथ जनताको जलविद्युत् कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

– जलविद्युत् आयोजना द्रुत गतिमा बन्दा देशले लोडसेडिङको मार खेप्नु नपर्ने, विजुली बिक्री गरी रकम आर्जन गर्न सकिने साथै विद्युतीय साधनको प्रयोग गर्दा तेल आयात पनि कम गर्दा हुने लगायतका कुराले पनि यो कार्यक्रम महìवपूर्ण छ ।

– सरकारले सात वर्षभित्र १९ आयोजनाबाट तीन हजार चार सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित जनताको जलविद्युत् कार्यक्रम शुरु गरेको छ ।

– आयोजना अन्र्तगत न्यूनतम १० हजार रुपियाँदेखि अधिकतम १० लाख रुपियाँसम्मको शेयर खरिद गर्न पाइने छ ।

– आवेदकले शेयर रकमको भुक्तानी दुई किस्तामा गर्नुपर्ने, पहिलो किस्तामा आवेदनपत्रका साथ खरीद गर्न चाहेको शेयर रकमको १० प्रतिशतले रकम बुझाउनु पर्ने र सो आयोजना ७५ प्रतिशत पूरा भएपछि शेयर वापतको दोस्रो किस्तामा ९० प्रतिशत रकम भुक्तानी दिनुपर्ने छ । जनताको जलविद्युत् कार्य कार्यान्वयन गर्न प्रधानमन्त्री संरक्षक र ऊर्जामन्त्री संयोजक एवं एचआईडीसीएलका कार्यकारी प्रमुख सदस्यसचिव रहने १२ सदस्यीय समिति गठन गरिने छ ।

४. सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा कहिले गरेको हो ?

- २०७५ साल, फागुन १ गते । 

– सबैका लागि रोजगार संवैधानिक अधिकार भन्ने नारालाई आत्मसाथ गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ ।

– राष्ट्रिय रोजगार नीति २०७१ मा उल्लेखित व्यवस्थाअनुरूप उक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

– सोही दिन सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा पनि गरेको छ । 

५. विश्व बैङ्कद्वारा प्रकाशित ज्गmबल ऋबउष्तब िक्ष्लमभह(द्दण्ज्ञड अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

- १०२औँ

६ प्रदेश नं. २ मा एकै दिन ५० हजार विरुवा रोपी, ‘हरित प्रदेश अभियान’  कहिले शुरु गरियो ?

- २०७५ साल, असोज १२ गते । 

(अभियान अन्तर्गत प्रदेश नं. २ मा यस वर्ष एक करोड बिरुवा रोप्ने योजना तय भएको छ ।)

७. “संसारमा कडा परिश्रमको अर्को कुनै विकल्प छैन ।” भन्ने भनाइ कसको हो ?

- थोमस अल्वा एडिसन, वैज्ञानिक ।

८. भेनेजु्एलामा जारी राजनीतिक सङ्कट समाधानका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहाँ गरियो ?

- उरुग्वेको राजधानी मोन्टेभिडियोमा (सन् २०१९, फेव्रुअरी) ।

(अन्तर्राष्ट्रियस्तरको सो बैठकमा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मडुरो र विपक्षी तथा हालै मात्र आपूmलाई  अन्तरिम राष्ट्रपतिकारूपमा घोषणा गर्नुभएका हुँवा गुएडो पक्षको पनि सहभागिता रहेको थियो । साथै बैठकमा युरोपेली युनियन, आठ अन्य युरोपेली देश र पाँच ल्याटिन अमेरिकी देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।)

९. दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?

- सन्दकपुर, इलाम ।

– सन्दकपुर गाउँपालिका १, २ र ३ (माइपोखरी–सुलुवुङ र माइमझुवा)को सँगमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको छ । लजालु प्रकृतिको दुर्लभ रेडपान्डा शिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरद्धारा सजिलै आक्रमणमा पर्ने गरेको छ ।

१०. प्रदेश नं. ७ लाई के नामकरण गरिएको छ ?

- सुदूरपश्चिम  ।

(प्रदेश नं. ७ को नामकरण सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय २०७५ साल, असोज १२ गते प्रदेशसभाबाट पारित भएको थियो ।)

११. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार आ. व. २०७३÷७४ मा उच्च नाफामा सञ्चालन भएका संस्थान कुन–कुन हुन् ?

- नेपाल दूरसञ्चार कम्पनी लि., नेपाल आयल निगम लि., नेपाल बैङ्क लि., राष्ट्रिय वाणिज्य बैङ्क लि. र कृषि विकास वैङ्क लि. ।

१२. ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स–२०१९ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

- प्युर्टोरिको । 

(सो सूचीमा नेपाल चौथो स्थानमा रहेको छ ।)

१३. कर्णाली प्रदेशद्वारा पहिलोपल्ट पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न गरियो ?

- २०७५ साल, भदौ ९ गते । 

(नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा पहिलोपल्ट २०७५ साल, साउन १० गते पेपरलेस बैठक सम्पन्न भएको थियो ।)

१४. नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडले वित्तीय कारोबारको इजाजत पत्र कहिले प्राप्त गरेको हो ?

- २०७५ साल, माघ २८ गते । 

– राष्ट्र बैङ्कद्वारा वित्तीय कारोबारको इजाजतपत्र प्रदान गरिएको थियो ।

– बैङ्कको मुख्य कार्यक्षेत्र राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परीयोजनामा लगानी गर्ने, पूर्वाधार सम्बन्धी परीयोजना सञ्चालन गर्ने, कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने तथा परीयोजना निर्माणका लागि आन्तरिक र बाह्य स्रोत जुटाउने रहेको छ ।

– उक्त बैङ्कमा नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैङ्क, बीमा कम्पनीहरू, लघुवित्त, निजी कम्पनीहरू तथा निजी व्यवसायीहरूको संयुक्त लगानी रहेको छ ।

– ४० अर्ब रुपियाँ अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब रुपियाँ चुक्ता पूँजी रहेको उक्त बैङ्कले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, वृmषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायत) विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

– राष्ट्रिय स्तरको पूर्वाधार विकास बैङ्ककारूपमा उक्त बैङ्क २०७५ साल, जेठ २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

१५. गण्डकी प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त मस्यौदा कहिले सार्वजनिक गरेको हो ?

- २०७५ साल, माघ २८ गते । 

– गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजनामार्फत सन् २०२२ सम्म २० लाख र सन् २०३० सम्म ३४ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ ।

– पाँच वर्षभित्र प्रतिव्यक्ति आय एक हजार ९३५ एवं २०८७ सालसम्म तीन हजार ५१९ अमेरिकी डलर पु¥याउने लक्ष्य लिइएको छ ।

– प्रतिव्यक्ति खाद्यान्न उपलब्धता हाल प्रदेशमा २३४ केजी रहेकोमा पाँच वर्षमा ३५४ केजी र दिगो विकास लक्ष्यमा ४९४  केजी पु¥याउने योजना प्रस्तुत गरिएको छ ।

– आधारभूत खानेपानीको पहूँच पाँच वर्षभित्र शतप्रतिशत पु¥याइने छ ।

– माध्यमिक तह (११–१२ कक्षा)मा खुद भर्नादर हालको २०.९ प्रतिशतबाट पाँच वर्षभित्र ५० प्रतिशत र दिगो विकास लक्ष्यमा ८० प्रतिशत पु¥याइने छ ।

१६. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?

- २०७५ साल, फागुन ३ गते । 

१७. नेपाल भारत शान्ति तथा मैत्री सन्धि कहिले भएको हो ?

- सन् १९५०, जुलाई ३१ । 

(यस सन्धिमा नेपालका तर्फबाट मोहन शमशेर र भारतका तर्फबाट चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरिएको थियो ।)

१८. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ  ?

- बर्लिन (जर्मनी) ।

१९. “हरेक दिनले बराबर अवसर सिर्जना गर्छ र यो हरेकका लागि उपलब्ध हुन्छ ।” भन्ने भनाइ कसको हो ?

- मुकेश अम्बानी, भारतीय उद्योगपति । 

२०. वेकानुर कस्मोड्रम कुन देशको अन्तरिक्ष प्रक्षेपण केन्द्र हो ?

- रुस ।

२१. चौथो पुस्ता अर्थात ‘फोर जी’ मोबाइल फोन प्रविधिको व्यावसायिक प्रयोग गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

- स्वीडेन (सन् २००९, डिसेम्वर १४) ।

२२. एमआरटी प्रविधिमार्फत् ‘थ्री प्यारेन्ट्स बेबी’ को जन्म सर्वप्रथम कहिले भएको हो ?

- सन् २०१६, अप्रिल ६ (मेक्सिको) ।

‘थ्री प्यारेन्ट्स बेबी’ को जन्म एमआरटी प्रविधिको प्रयोगमार्फत हुने गर्छ । खासगरी तेस्रो व्यक्तिबाट कोषको स्वस्थ मिटोकोन्ड्रिया लिई जन्मिने बच्चामा तीन जना मानिसको डीएनए हुन्छ । 

२३. MCC को पूरा रुप के हो ?

Milleunnium Challenge Corporation

(यो अमेरिकाको सरकारी दातृ निकाय हो ।)

२४. नेपालमा पहिलोपल्ट बाघ दिवस कहिले मनाइएको हो ?

- २०६७ साल, साउन १३ गते । 

२५. मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो ?

- लेवनान ।

२६. Silent Emergency भन्नाले के बुझिन्छ ?

- कुपोषण, गरिबी, अभाव, गृहयुद्ध आदि कारणबाट सृजित अवस्था  ।

२७. MR को पूरा रुप के हो ?

- ः Mitochondrial Replacement

२८. तीन ओलम्पिकसम्म लगातार तीन–तीन स्वर्ण पदक जिती कीर्तिमान बनाउने खेलाडी को हुन् ?

- जमैकाका धावक युसेन बोल्ट ।

(उहाँले बेइजिङ ओलम्पिक–२००८, लण्डन ओलम्पिक–२०१२ र रियो ओलम्पिक–२०१६ मा सय मिटर, दुई सय मिटर र चार गुणा सय मिटर रिले गरी तीन स्पर्धामा स्वर्ण पदक जित्नुभएको थियो ।)

-गोरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप