शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ६९ जनाको शव फेला

बिहीबार, ०९ फागुन २०७५, ०९ : ३९
बिहीबार, ०९ फागुन २०७५

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । 

बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर विस्पोट भएर आगलागी भएको हो । अत्याधिक ज्वलनशील रसायन पदार्थ भएकाले आगो छिट्टो फैलिएको हो । 

आगलागीमा परी ६९ जनाको शव फेला परेको बंगालादेश फायर सर्भिस प्रमुख अली अहमदले बताएका छन् । उनले मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन् । 

बाक्लो बस्ती र व्यवसायिक पसल तथा रेस्टुरेन्टभएकोले आगो छिट्टो फैलिएको अहमदले बताए । दमकलकर्मीहरुका अनुसार आगलागीमा महिला तथा बालबालिका धेरै घाइते भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

 

 

फायर विभागका अधिकारीहरुले मुख्य शहर भएकोले सडकमा जाम बढेपछि घाइतहरुलाई समयमा नै उद्दार गर्न कठिन भएको बताएका छन् । 

ढाका मेडिकल कलेजले घाइतेमध्ये ४५ जनाको अवस्था चिन्ताजनक भएको भारतीय समाचार संस्था जागरणलाई बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप