शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा सिमेन्ट उद्योगले माग्यो कर्मचारी, डिप्लोमा तहको परीक्षा केन्द्र तय

बिहीबार, ०९ फागुन २०७५, ०८ : १९
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहको परीक्षा केन्द्र तय गरेको छ । 

बिहीबार जारी सूचनाअनुसार परीक्षा फागुन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ । सीटीईभीले सातै प्रदेशको लागि परीक्षा केन्द्र तय गरेको हो । 

यता सरकारी स्वामित्वको  गोरखापत्र संस्थानले काठमाडौं उपत्यकाभित्र विज्ञापन संकलन गर्ने गरी खुलाएको विज्ञापन संकलक पदमा दरखास्त दिने उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । सूचनामा अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारको नामावलीसमेत समेटिएको छ । 

यस्तै हेटौंडा सिमेन्ट उद्योगले चार्टड एकाउन्टेन्ट र खानी इन्जिनियर पदमा कर्मचारी मागेको छ । 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप