बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिहिबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बिहीबार, ०९ फागुन २०७५, ०६ : १९
बिहीबार, ०९ फागुन २०७५

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहिबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि द्वितीया,२६ घडी २८ पला,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त तृतीया । नक्षत्र पूर्वाफाल्गुनी,०२ घडी ४३ पला,बिहान ०७ बजेर ४४ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग धृति,५० घडि २९ पला । करण गर,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा गद योग । चन्द्रराशि सिंह,मध्यान्ह ०१ बजेर २१ मिनेट उप्रान्त कन्या ।  

काठमाडौंमा सूर्योदय ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी १८ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानि गर्ने अवसर आउनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा तपाईको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले आमासँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ  ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुनालेदैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन हुनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ । बिहानको समयमा विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।
 
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले व्यापारमा थोरैमात्र आम्दानि हुनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगिहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ । साझपख व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट प्रशस्त आम्दानि गर्न सकिनेछ भने शेयर बजारमा लगानि गर्न सके मनग्गे लाभ लिन सकिनेछ । प्रेममा देखिएको तित्तता मेटिनेछ भने दिदिबहिनिको सहयोगमा नयाँ काममो थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अलि बढि समय दिनसक्दा सबैसाथिहरु भन्दा तपाईनै अग्र स्थानमा आउँनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोलि बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउँन सकिनेछ । साझपख समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनी सँग मनमुटाव सिर्जना हुनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने बिवादित बिषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथिको हरेका पाईलामा समर्थन पाईने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । 

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप