शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाल विकास सम्मेलन’ मा भाग लिन अर्थमन्त्री बेलायतमा

बुधबार, ०८ फागुन २०७५, २२ : ४६
बुधबार, ०८ फागुन २०७५

लण्डन –  शुक्रबारका लागि तय भएको ‘नेपाल विकास सम्मेलन’ मा भाग लिन अर्थमन्त्री डा युवराज खतिवडा बुधबार बेलायत आइपुगेका छन्  । 

सम्मेलन बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको हो । 

डा खतिवडाले गैर आवासिय नेपाली संघ (एनआरएन) नेपालीहरुको लगानी नेपाल भित्र्याउने उद्देश्यका साथ बेलायत आएको बताए । 
उनले चैत दोस्रो साता हुने लगानी सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको पनि सो क्रममा जानकारी दिए । 

खतिवडाले  लण्डनस्थित नेपाली दूतवासमा हुने विकास सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने नेपाली दूतावास लण्डनले जनाएको छ ।  

कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल वेलायत चेम्बर अफ कमर्स, वेलायतस्थित नेपाली तथा विदेशी लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । 

यसबाहेक खतिवडा एनआरएन वेलायत र नेपाल–बेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् । 

अर्थमन्त्रीको स्वागतका बेलायतस्थित नेपाली दूतवासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थल पुगेका थिए भने सो क्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूल आचार्यसहित  एनआरएन यूकेका पदाधिकारी र अन्य संघ संगठनका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । 
अर्थमन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप