राष्ट्र बैंकको मौद्रिक समिक्षा माथि बैंकर्स संघको असहमति
काठमाडौं–राष्ट्र बैंकले मौद्रिक समिक्षाबाट घोषणा गरेका कार्यक्रममा बैंकर्स संघले असहमति जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक समिक्षाबाट घोषणा गरेका कार्यक्रमहरु जस्ताको त्यस्तै लागु भएमा बैंकहरु ठूलो समस्याबाट गुज्रिनु पर्ने बैंकर्स संघले निष्कर्ष निकालेको छ । सोमबार राति सार्बजनिक समिक्षापछि बुधबार संघको बैठकमा सबै बैंकरहरु बैंकिङ प्रणालीलाई गलत दिशामा लैजाने प्रयत्न भएको निस्कर्ष निकालेका छन् ।
कल डिपोजिट १० प्रतिशतमा झार्ने बिषयले बजारलाई तहसनहस गर्ने निष्कर्ष बैंकरले निकालेका छन् । बैंकरहरुले बैंकहरुको सेवा तथा प्रशासनिक शुल्कमा अंकुश लगाउने घोषणा भएको र यसले ठूलो समस्या ल्याउने बताएका छन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयले विभिन्न मागको लागी बैंकहरुलाई अफ्टेरोमा पार्न नहुने बैंकरहरुको तर्क छ ।
संघले केही दिनमै बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ । छलफलपछि आफ्नो गुनासा र समस्या लिएर राष्ट्र बैंक जाने सहमति पनि आजको बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण