मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शिवम् सिमेन्टको शेयर ५४ प्रतिशत विक्री, चैत ५ गतेसम्म आवेदन दिन सकिने

बुधबार, ०८ फागुन २०७५, १९ : १९
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– शिवम् सिमेन्टले निष्काशन गरेको शेयर ५४ प्रतिशत बिक्री भएको जनाएको छ।

२३ हजार ७ सय २९ आवेदकले शेयरका लागि आवेदन दिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। बुधबारसम्ममा २३ लाख ५० हजार २ सय ४० कित्ता शेयरका लागि आवेदन परेको हो ।

स्थानीयले ६४ हजार २ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६ सय ४० कित्ता प्राथमिक शेयरको बिक्री खुला गरेको छ। सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको छ। 

कम्पनीले छिटोमा फागुन ९ गतेसम्म र ढिलोमा चैत ५ गतेसम्म बिक्री खुला गर्ने जनाएको छ । कम्पनीले सर्वासधारणको लागि प्रति कित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाको लागि २०० रुपैयाँमा शेयर निष्काशन गरेको छ। आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम खुला गरिए बराबरकै लागि आवदेन दिन पाउने छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप